काठमाडौं । नेपाली फिल्म इन्डस्ट्रीकी क्युट अभिनेत्री वर्षा सिवाकोटीको आज जन्मदिन । आज सिवाकोटीको २६ औं जन्मदिन हो । नाई नभन्नु ल २ बाट नेपाली रजतपटमा प्रवेश गरेकी बर्षा पछिल्लो समय निकै व्यस्त छिन् । उनी अभिनित फिल्म ‘पशुपति प्रसाद’ ले भने एक समय निकै तहल्का नै मच्चायो ।
उक्त फिल्मले घरेलु बक्स अफिसमा ब्ल्कबस्टर नै भएको थियो । जन्मदिनको अवसर पारेर वर्षाले बिहान पशुपतिनाथको दर्शन गरेकी छन् । पशुपतिको दर्शनपछि त्यहाँ रहेका अशक्तहरु र बाँदरलाई बिस्कुट बाडेकी छन् ।
प्राय जन्मदिनमा वर्षा केही शुभ काम गर्न रुचाउँछिन् । गत वर्षको जन्मदिनमा उनले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको अन्तरािष्ट्रय क्रिकेट स्टेडियमको लागि ५१ हजार सहयोग गरेकी थिईन् ।
हाल वर्षा पछिल्लो फिल्म ‘विर बिक्रम २’ को सुुटिङमा नै व्यस्त छिन् । वर्षाले नाई नभन्नु ल २ पछि पशुपति प्रसाद, लप्पन छप्पन, कारखाना, जय शम्भु, पुरानो बुलेट लगायतका सिनेमामा काम गरेकी छिन् । यी मध्ये सिनेमा पशुपति प्रसाद कारोबारमा सफल रहेको सिनेमा हो । तर सिनेमामा वर्षलाई शो पिसको रुपमा मात्रै राखिएको छ ।





























प्रतिक्रिया