फ्राइडे फिल्म: प्रदीप र जसिताको रोमान्स रहेको ‘लभ स्टेसन’

फ्राइडे फिल्म: प्रदीप र जसिताको रोमान्स रहेको ‘लभ स्टेसन’

केन्द्रबिन्दु
0
Shares

आज शुक्रबार चैत्र २२ गते सिनेमा हलमा फिल्म ‘लभ स्टेसन’ प्रर्दशनमा आएको छ । नेपाली सिनेमा हलमा सधै जसो फिल्महरु एकसाथ जुध्ने गरेता पनि लभ स्टेसनले भने एकल प्रर्दशन पाएको छ ।

नायक प्रदिप खड्का र नायिका जसिता गुरुङ स्टारर फिल्म ‘लभ स्टेसन’ लाई उज्वल घिमिरेले निर्देशन गरेका हुन् । यस अघि प्रदिप र जसिताले फिल्म ‘लिलीबिली’ मा एकसाथ स्क्रिन शेयर गरेका थिए । उनीहरुको केमेस्ट्रिलाई दर्शकहरुले निकै रुचाएका थिए ।

पुन: प्रदिप र जसिता फिल्म ‘लभ स्टेसन’ मा देखिएका छन् । यो फिल्ममा प्रदिप र जसितासँगै प्रिया रिजाल, रमेश बुढाथोकी, शिरु बिष्ट, प्रकाश शाही, दिनेश काफ्ले लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

लभ स्टोरी जनारामा निर्माण गरिएको फिल्ममा लोकेश बज्रचार्यको सम्पादन रहेको छ भने शिशिर खातीको कोरियोग्राफी रहेको छ ।

Logo