सामाखुसीमा खुल्यो क्यूएफएक्स चेनको सुविधा सम्पन्न हल

सामाखुसीमा खुल्यो क्यूएफएक्स चेनको सुविधा सम्पन्न हल

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । काठमाण्डौँको सामाखुसीमा रहेको सिटी स्क्वायर मलमा क्यूएफएक्स चेनको अर्को हल खुलेको छ । सुविधा सम्पन्न हलमा ४ सय ९७ दर्शकले एक साथ सिनेमा हेर्न सक्छन् ।

हलमा तीन वटा पर्दा रहेका छन् । हरेक पर्दामा सोफा सेट सहित सुतेर समेत सिनेमा हेर्ने सिटहरु जडान गरिएको छ ।

सिटी स्क्वायर मलको नवौँ तल्लामा खुलेको हलको ११ औँ र १२ औँ तल्लामा दर्शकका लागि कसमी बार एण्ड लाउञ्ज समेत सञ्चालनमा ल्याइएको छ । सञ्चालक सुमित मैनालीका अनुसार हलका सबै थिएटरमा पिक्चर र साउन्ड क्वालिटीलाई उच्च प्राथमिकतामा राखिएको छ । हलमा एसियाकै सर्वोत्केष्ट साउण्ड एरोम्याक्स वाई बार्को र दक्षिण एसियाकै सिरिज फोर बार्को लेजर प्रोजेक्सन प्रविधि जडान गरिएको मैनालीले दाबी गरेका छन् ।

अभिनेता दीपकराज गिरी, किरण केसी, रमेश उप्रेती, जीतु नेपाल, निर्मल शर्मा, गायक प्रकाश सपूत र अभिनेत्री नीति शाहले संयुक्त रूपमा सिनेमा हलको उद्घाटन गरेका हुन् ।

सामाखुसी लाई सेन्ट्रल बनाएर हेर्दा यो हलमा सिनेमा हेर्नका लागि टोखा, गंगबु, बुढानिलकण्ठ तथा नारायणगोपाल चोकका दर्शकलाई पायक पर्ने क्युएफएक्सले दावी पनि गरेको छ ।

Skip This
Skip This
Logo