काठमाडौं
पछिल्लो समय हाँस्यव्यंग्य क्षेत्रमा कुनै टेलिफिल्मको नाम छ भने त्यो हो भद्रगोल । हरेक शुक्रबार बेलुकी नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आइरहेको यो टेलिफिल्मले समाजमा घटेका र हुन सक्ने विविध घटनाक्रमहरुलाई व्यंग्यका रुपमा प्रस्तुत गर्दै चेतना छरिरहेको छ । यसै भद्रगोलका पात्रहरु मध्ये प्रमुख पात्र हुन् पाँडे अर्थात अर्जुन घिमिरे । उनको अभिनय नरुचाउने कमै मात्र होलान् ।
यो टेलिफिल्मका कलाकारहरु अहिले धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आर्थिक सहयोग संकलनको कार्यक्रममा पनि निकै सक्रियताका साथ अघि वढीरहेको छ । यसैक्रममा भद्रगोल टिमले राजधानीको प्रर्दशनीमार्गस्थित आर आर क्याम्पसमा एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा सो टेलिफिल्मका कलाकारहरु पाँडे ( अर्जुन घिमिरे ) का साथै सिते बा ( मधुसुदन पाठक ) , जयन्ते ( गोविन्द कोइराला ), खुपीका बाउ ( कमलमणि नेपाल ) लगायतको उपस्थिती रहेको थियो । यस क्याम्पसमा पाँडेले १२ वर्ष पहिले पढेका थिए । १२ वर्षपछि सोहि क्याम्पसमा पुगेका उनले उपस्थित सबैलाई हँसाउँदै सहयोगका लागि अनुरोध पनि गरे । के भनेर हँसाए त पाँडेले ? हेरौं यो भिडियोमा :





























प्रतिक्रिया