भद्रकालीमा हवन यज्ञ गर्दै चलचित्र ‘एक्लो’ को शुभ मुहूर्त सम्पन्न

भद्रकालीमा हवन यज्ञ गर्दै चलचित्र ‘एक्लो’ को शुभ मुहूर्त सम्पन्न

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । नेपाली चलचित्र ‘एक्लो’ को शुभ मुहूर्त गरिएको छ । बुधबार बिहान काठमाडौँको भद्रकाली मन्दिरमा हवन यज्ञ गर्दै फिल्मको मुहूर्त गरिएको हो । फिल्मको शुभमुहुर्तमा मुख्य कलाकारहरू विजय लामा, सुनिल थापा, दिनेश डीसी, सुरजसिंह ठकुरी, बेनिशा हमाल र कविता नेपालीलगायत उपस्थित थिए ।

चलचित्रको शुभ मुहूर्त पश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै निर्देशक प्रदीप शाहीले, चलचित्र अन्तरराष्ट्रिय स्तरको बन्न लागेको जानकारी दिए । अरू नेपाली चलचित्रमा भन्दा ‘एक्लो’ मा दर्शकले फरकपन पाउने उनको भनाइ छ ।

उनले भने, ‘म नेपाली चलचित्रभन्दा पनि विश्व चलचित्र भनेर ट्याग दिन रुचाउँछु किनभने विश्वभरी कै दर्शकलाई लक्षित गरेर बाहिर अझै जाओस् भन्ने आशा हो । एकदमै राम्रो चलचित्र बन्दै छ । तपाईहरूको सहयोगको खाँचो छ ।’

यही भदौको अन्तिमबाट छायांकन सुरु गर्न लागिएको यो चलचित्रका मुख्य कलाकारहरू अहिले धमाधम वर्कशपमा लागिपरेका छन् । चलचित्रका निर्देशक शाही बेलायतबाट फर्किए लगत्तै यसको वर्कशप सुरु गरेका हुन् ।

अन्तरिक्षमा नेपालबाट रकेट पठाउने विषयलाई उठान गरिने यो चलचित्रको टिम प्रि–प्रोडक्शनको तयारीमा छन् । शाही प्रोडक्शन नेपालको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रसँग निर्माणमा ह्रयाम्साएर एकाउन्टेनले सहकार्य गरेको छ ।

Logo