‘छक्का पञ्जा २’ को कमाई रवि लामिछानेले निर्माण गर्न लागेको अस्पताललाई

‘छक्का पञ्जा २’ को कमाई रवि लामिछानेले निर्माण गर्न लागेको अस्पताललाई

केन्द्रबिन्दु
0
Shares

केही दिन अघि मात्र कलाकार तथा निर्मात्रा दिपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस सार्वजनिक गर्दै फिल्म ‘छक्का पञ्जा २’ पुनः प्रदर्शनमा आउने बताएका थिए ।

गत वर्ष प्रदर्शनमा आएको ‘छक्का पञ्जा २’ घरेलु बक्स अफिसमा ब्लकबस्टर भएको थियो । तर यो फिल्म युुटुवमा अझै अपलोड गरिएको छैन् । उल्टै ‘छक्का पञ्जा २’ पुनः प्रदर्शन गर्न लागिएको छ । यहि कारणले गर्दा अहिले सामाजिक सञ्जालमा दिपकको चर्को आलोचना भईरहेको छ ।

कोहीले उनलाई ‘लोभी’ भनेका छन्, त कोहीले लुट्नलाई पटकपटक हलमा फिल्म प्रदर्शन गर्न लागेको भनेर गाली समेत गरेका छन् । फिल्म ‘दाल भात तरकारी’ को प्रदर्शन मिति सरेसँगै सो मितिमा फिल्म ‘छक्का पञ्जा २’ प्रदर्शनमा आउने भएको हो ।

सामाजिक सञ्जालमा दिपकराज गिरीको चर्को आलोचना भईरहँदा उनले एउटा स्टाटस सार्वजनिक गर्दै छक्का पञ्जा २ पुनः प्रदर्शन गर्नु माथि स्पष्टिकरण दिएका छन् ।

उनले लेखेका छन्, ‘छक्का पञ्जा २’ पुनः प्रदर्शन बैशाख १३ गते यसबाट उठेको रकमको ठुलो हिस्सा रवि लामिछानेले निर्माण गर्दै गरेको अस्पताललाई जानेछ । फिल्ममा नयाँ दृश्यहरु पनि हेर्न पाउनु हुनेछ ।’

Skip This
Skip This
Logo