आईतबार सपनाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा केही ‘बेबी बम्प’ का तस्विर र स्टाटस सार्वजनिक गरेकी छन् । "/>

गर्भवती श्रीमतीसँग आर्यनको रोमान्स

गर्भवती श्रीमतीसँग आर्यनको रोमान्स

केन्द्रबिन्दु
0
Shares

नायक आर्यन सिग्देल छिट्टै बुवा बन्दैछन् । विवाह गरेको ५ वर्षपछि उनीहरु बुवा आमा बन्न लागेका हुन् । आर्यन र सपनाले २०७१ सालमा प्रेम विवाह गरेका थिए ।

आईतबार सपनाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा केही ‘बेबी बम्प’ का तस्विर र स्टाटस सार्वजनिक गरेकी छन् । उनको बेबी बम्प देखिएको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेको छ ।

उनले लेखेकी छन्, ‘कसैलाई यति धेरै प्रेम गर्न कसरी सम्भव छ । मैले कहिले सोचेकी थिइन् कि ‘मोटो पेट’ हुनुले पनि यति धेरै खुसी दिन्छ । हामी केही महिना अघि देखि अझै बढी नजिकिएका छौं । आउँदो नयाँ वर्ष २०७६ साल वैशाख हाम्रो लागि निकै खास हुनेछ, जसले गर्दा हाम्रो पूरै जीवन नै परिर्वतन हुनेछ ।’ सार्वजनिक तस्विरमा उनीहरु निकै खुसी र रोमान्टिक देखिएका छन् ।

Logo