चलचित्र ‘प्रेम लिला’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्रले चैत्र ८ गतेको लागि प्रदर्शन मिति तय गरेको हो ।
यस चलचित्रमा दीपशिखा खड्का, मौषम खड्का र अलि खान मुख्य भूमिकामा छन् । प्रेमलिलामा दीपशिखा, मौषम र अलिसँगै प्रभाकर शर्मा, रेखा शाह, सुरज तमु लगायतका कलाकारहरुले अभिनय गरेका छन् । साथै चलचित्रमा दीपशिखाकै कथा, पटकथा र संवाद रहेको छ ।
नानीमैया र फैजिल फिल्म्स ब्यानरमा निर्माण भएको चलचित्रलाई चन्दन दत्त र सालिक दुलालले सम्पादन, रामजी लामिछाने र युवराज वाइबाले कोरियोग्राफी गरेका हुन् ।































प्रतिक्रिया