काठमाडौं ।
नायिका श्वेता खड्काले आज बिवाह गरेकी छिन् । धनगढीका विजयन्द्रसिंह रावतसँग उनको बिवाह भएको हो । राजधानीको गोकर्ण रिसोर्टमा आयोजित एक कार्यक्रममा उनीहरुको बिवाह भएको हो ।
बिवाहमा दुबै परिवार निकटका सदस्य मात्र उपस्थित हुने बताईए पनि संचारकर्मी र शुभचिन्तकहरुको भिड थियो । उनीहरु केही समयदेखि प्रेममा रहेको बताइए पनि श्वेताले भने यो हल्ला मात्र भएको बताउँदै आएकी थिइन् ।
नायिका खड्काको यसअघि नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ साल असार २३ गते बिवाह भएको थियो । बिवाहको एक महिनापछि नै श्रेष्ठको निधन भएको थियो । त्यस यता उनी सामाजिक कार्यहरुमा सक्रिय हुँदै आएकी थिइन् । यससँगै उनले आफ्नो कलायात्रालाई पनि निरन्तरता दिइरहेकी छिन् ।
उनले सिन्धुपाल्चोकको झ्याँडीमा रहेको माझीवस्तीमा ५४ घरसहितको एकिकृत बस्ती निर्माण गरिसकेकी छिन् । भूकम्पले सबैभन्दा धेरै क्षति पुगेको सिन्धुपाल्चोक नायक श्रीकृष्णको गृहजिल्ला हो ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा उनले आफ्नो बिवाहको बारेमा लामो स्टाटस लेखेकी थिइन् । कोरोनाका कारण विवाहमा सबै शुभचिन्तकहरुलाई बोलाउन नसकिएको उनले बताएकी छिन् ।





























प्रतिक्रिया