चलचित्र ‘ङ्हो’ मा तामाङ समुदायको चित्रण

चलचित्र ‘ङ्हो’ मा तामाङ समुदायको चित्रण

केन्द्रबिन्दु
0
Shares

तामाङ भाषा,कला, संस्कृति जगेर्ना गर्ने लक्ष्यकासहित कथानक चलचित्र ङ्हो (भाग्य) बन्ने भएको छ ।

निर्माणपक्षले शुक्रबार पत्रकार सम्मेलनमार्फत चलचित्रको बारेमा जानकारी दिएको हो । चलचित्र ‘ङ्हो’मा समुदायमा रहेका थरमध्ये स्वाँगेभाई सहअस्तित्व र कुटुम्ब साइनोबीच अज्ञानता र दुविधाले पारिएको समस्यालाई उजागर गर्न खोजिएको निर्देशक भुवन स्याङ्बो तामाङले बताए । उनले भने, ‘ग्लोवलाइजेसन (विश्वव्यापीकरण) को प्रभावले सहअस्तित्वहरु मेटाउन खोजिएको छ । यसैले चलचित्रले पक्कै पनि त्यसको शिक्षा दिन खोजिएको छ ।’

सम्मेलनमा प्रमुखअतिथि बरिष्ठ अभिनेता जयनन्द लामाले चलचित्रमार्फत आफ्नो मौलिकता प्रस्तुत गर्न पछिल्लो पुस्ता लागिपरेकोमा गौरवान्तित भएको बताए । “प्रविधि र समय विकाससँगै चलचित्र बनोट विकास भए पनि सामाजिक चित्रण समेट्न सक्नुपर्छ ।” उनले भने। तत्कालीन समयमा सेमरी छोरङान (मनको जागरण) निर्माण गरेर प्रारम्भविन्दु भएकोमा खुशीव्यक्त गरे ।

फापरे फिल्म प्रालीको तेस्रो प्रस्तुतिमा बनेको चलचित्रको निर्मातामा सुनिमाया तामाङ रहेका छन् । त्रिकोणात्मक प्रेमकथामाआधारित चलचित्र उत्तरी धादिङको रुबीभ्याली क्षेत्र र आसपासमा बोलिने भाषालाई चलचित्रमा प्रयोग गरिएको नायक किसमान तामाङले बताए । उनले थपे–”आंशिक रुपमा नेपालीभाषा पनि प्रयोग भएको छ भने सवटाइटल अंग्रेजीमारहेको छ ।”

सम्मेलनमा उक्त चलचित्रको’ कादे ज्याबाह्याङ्ला माया’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा भने पूर्वपश्चिमको मध्यमभाषा प्रयोग गरेर सम्पूर्ण तामाङ समुदायमा समेट्न खोजिएको छ । यसमा फुलकुमार बम्जनको शब्द, टिक बम्जनको संगीत र स्वरमा जितु लोप्चनको पनि साथ रहेको छ । एरेञ्ज पवनवाङ लामाले गरेका हुन् ।

चलचित्र धादिङको गंगा जमुना गाउँपालिका, लताव, धुसेनी, तावल, काठमाडौंका केही भाग र सिन्धुपाल्चोकको गुफाडाँडा लगायतकासुन्दर स्थानमा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ ।

‘ङ्होमा’ आरम्भ तामाङ, किसमान तामाङ, निर्मला तामाङ, एलेक्स घले, छिमी माम्बा, मारनेन वाइबा, अनितातामाङ, डोल्मा तामाङ, राजन तामाङ, निलमान तामाङ, रोज तामाङ, रिमानतामाङ, विजयतामाङ, झरना गुरुङ, सुमीतामाङ र बालकलाकार तेञ्जिङ सोनामले अभिनय गरेका छन् ।

नरमान (रविन) तामाङको पटकथा, राहुल राई र सुर्य लामा छायांकन र राजु तामाङले द्धन्द्ध निर्देशन गरेका छन् । द पिक स्टुडियोले पाश्र्व संगीत गरेका छन् भने गीतमा टिका बम्जन, सागर एस वाइबा, आरम्भ तामाङ, जितु लोप्चनको स्वर रहेका छन् ।

टिका बम्जन र सागर एस वाइबाको संगीतमा पवनवाङ लामाले एरेञ्ज गरेका छन् । विष्णु खड्का, सुर्य लामा सम्पादनमानिर्मित चलचित्रको कलरिङ भिएफएक्स विकास ज्ञवाली रहेका छन् ।

२०७६ को नयाँवर्ष संघारमा बैशाख ७ गते राष्ट्रिय सभागृहमा च्यारिटी शो गरिने निर्माण पक्षले जानकारी दिको छ ।

Logo