बलिउडपछि साउथ इन्डियन फिल्ममा डेब्यु गर्दै जान्हवी

बलिउडपछि साउथ इन्डियन फिल्ममा डेब्यु गर्दै जान्हवी

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । फिल्म ‘धड्क’ बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री जाहन्वी कपूर आज भोली निकै चर्चामा छिन् । धड्क सुपरडुपर हिट भएपछि उनलाई ‘धड्क गर्ल’ को उपनामले चिनिन थालिएको छ ।

डेब्यु फिल्मबाट एकाएक चर्चामा आएकी जान्हवीलाई ठुला पर्दाका बलिउड फिल्महरुको अफर आएका छन् । तर भारतीय सञ्चारमाध्यममा उल्लेख गरिए अनुसार उनी बलिउड फिल्ममा मात्र नभएर अब साउथ फिल्ममा पनि डेब्यु गर्ने भएकी छन् ।

जान्हवीको बुवा बोनी कपूर लामो समय देखि बलिउड ब्लकबस्टर फिल्म ‘पिंक’ को तमिल रिमेक बनाउने तयारी गरिरहेका छन् । पिंक रिमेक फिल्मको नाम ‘एके ५९’ राखिने भारतीय सञ्चारमाध्यममा उल्लेख गरिएको छ ।

उक्त फिल्ममा अभिताभ बच्चनको भूमिकामा तमिल सुपरस्टार अजित हुनेछन् भने जाहन्वी कपूरले पनि यसै फिल्मबाट साउथमा डेब्यु गर्दैछिन् ।

तर उनी लिड रोलमा नभएर केमियो रोलमा देखिने भएकी छन् । यस फिल्मलाई निर्देशक एच बिनोदले निर्देशन गर्ने भएका छन् । फिल्मको लागि सम्पूर्ण कलाकारहरु छनोट भएसँगै सुटिङ सुरु हुने बताइएको छ ।

Skip This
Skip This
Logo