काठमाडौँ । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता श्रीकान्त मेकाले सोमबार साँझ पशुपतिनाथ मन्दिरमा दर्शन गरेका छन् । पत्नी र दुई सहयोगी सहित सोमबार काठमाडौँ आएका उनले आज मंगलबार बूढानीलकण्ठ मन्दिरको दर्शन समेत गरेका छन् ।
चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाको निम्तोमा नेपाल घुम्न आएका उनले आजै जनकपुरको जानकी मन्दिर दर्शन गर्ने कार्यक्रम छ । श्रीकान्त त्यतैबाट भारत फर्किने छन् ।
उनले तेलुगु, तामिल, कन्नडा र मलायलम लगायतका थुप्रै फिल्म अभिनय गरेका छन् ।





























प्रतिक्रिया