‘क्याप्टेन’ को धमाकेदार ट्रेलर सार्वजनिक (हेर्नुहोस् ट्रेलर)

‘क्याप्टेन’ को धमाकेदार ट्रेलर सार्वजनिक (हेर्नुहोस् ट्रेलर)

केन्द्रबिन्दु
0
Shares

मेघास्टारको उपाधि पाएको अनमोल केसीको लिडरोल रहेको क्याप्टेनको ट्रेलर रिलिज भएको छ । अनमोलसँग दुई नवनायिका उपसना सिंह ठकुरी र प्रियंका एमभीले स्क्रिन सेयर गरेका छन् । शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर सार्वजनिक गरेका हुन् । उक्त ट्रेलर धमकेदार छ ।

फिल्ममा अनमोलले फुटबल खेलाडीको भूमिकामा देखिएका छन् । जो राष्ट्रिय खेलाडी बन्न चाहन्छ । फिल्ममा अनमोल इशानको क्यारेक्टरमा देखिएका छन् । गाउँदेखि उनी देशको लागि गोल्ड मेडलिस्ट बन्ने सपना बोकेर काठमाडौं छिरेका हुन्छन् । फिल्ममा उनले गरेको संघर्ष र उतारचढावलाई रोचक ढंगले देखाइएको छ । ट्रेलरमा अनमोललाई छुट्टै अवतारमा देख्न सकिन्छ ।

बास्तविक जीवनमा फुटबल कहिले नखेलेको उनले फिल्ममा निकै मेहनत गरेको देखिन्छ । ३ मिनेट २१ सेकेन्डको उक्त ट्रेलर हेर्दा ‘पर्फेक्ट’ देखिन्छ । ट्रेलरमा अनमोलको गोल्ड मेडलिस्ट बन्ने अठोट देख्न सकिन्छ ।

यही फाल्गुण १७ गते देशभरको सिनेमा घरहरुमा एकसाथ प्रर्दशन हुने फिल्मको निर्माता हुन् सदावहार नायक भुवन केसी । फिल्ममा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन बिक्रम राई, राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मको निर्देशक र लेखक दिवाकर भट्टराई हुन् भने पटकथामा समिप्यराज तिमल्सिना रहेका छन् । फिल्मको सम्पादनमा दिर्घ खड्का, संगीतमा अर्जुन पोखरेल, कोरियोग्राफिमा कविराज गहतराज, छायांकनमा सुदिप बराल रहेका छन् । जिया केसी कार्यकारी निर्मातामा रहेकी छिन् भने ट्रेलर कटिङ साहिल खानले गरेका हुन् ।

 

Skip This
Skip This
Logo