काठमाडौं । नेपालकी सार्वाधिक व्यस्त रहने नायिका प्रियंका कार्की र नायक आयुषमान देशराज जोशीले ‘आयांका फाउण्डेसन’ को घोषणा गरेका छन् । आज काठमाडौंमा एक कार्यक्रम आयोजना गरि उक्त घोषणा गरिएको हो ।
आयांका फाउण्डेसनले हरेक जिल्लामा गएर किशोरीहरुको विकासको लागि उनीहरुले भोग्नु परेको समस्या जस्तैः महिनावारी, महिनावारी हुँदा महिलाहरुले विद्यालयमा शौचालय प्रयोग गर्दा हुने समस्या, बालविवाह, कुलत लगायतका विषयमा आयांका फाउण्डेसनले काम गर्नेछ । साथै प्रियंका र आयुषमानले आफ्नो कमाइको १० प्रतिशत आयांका फाउण्डेसनलाई दिनेछन् ।
उनीहरुले यो फाउण्डेसनको सुरुवाती काम भोली (मंगलबार) बाट सुरु गर्नेछन् । प्रियंका भन्छिन्, ‘हामी भोलीबाट कांभ्रे जाँदैछौं । हामी महिनावारीसँग सम्बन्धित जनचेतना फैलाउने उद्देश्यले किशोरीहरुलाई प्याड वितरण गर्दैछौं ।’ प्रमिल जोडी प्रियंका र आयुषमानले आफूहरु आउदो असारमा विवाह बन्धनमा बाधिने समेत बताए ।
पत्रकार सम्मेलनमा पत्रकारले सोधेको एक प्रश्नमा तपाईहरुबीच असम्झदारी बढ्यो भने आयांका फाउण्डेसनको के होला भन्ने प्रश्नमा प्रियंका भन्छिन्, ‘अब म सय प्रतिशत पक्का छु, हामी कहिले अलग हुँदैनौं । म आफैं पनि आत्मनिर्भर महिला हुँ र आयुषमान पनि आत्मनिर्भर छ । हाम्रो सम्बन्धको सुन्दर पक्ष भनेकै हामी एकअर्को कामलाई निकै सम्मान गर्छौ । हामी एकअर्कासँग छुटिएर पनि बाँच्न सक्छौं तर हामी छुटिएर बाँच्न चाहन्नौं । आयांका फाउण्डेसन एउटा संस्था हो हामी छुट्टिए पनि यो संस्था चलिनै रहन्छ ।’































प्रतिक्रिया