सफल प्रेमको कथा हो स्मारिका र शिव कैलाशको ‘मनका कुरा’

सफल प्रेमको कथा हो स्मारिका र शिव कैलाशको ‘मनका कुरा’

केन्द्रबिन्दु
3
Shares

काठमाडौँ । ‘मनका कुरा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गायक शिव कैलाशको स्वर रहेको मनका कुरा बोलको गीतको भिडियोमा सुन्दरी मोडल स्मारिका ढकाल र गायक कैलाश स्वयमको अभिनय रहेको छ । एक प्रेमील जोडीको प्रेम कथालाई देखाइएको माया गर्ने मै हो हरेक प्रेमी मनहरुका लागि उपहार हुन सक्छ।

प्रेमील जोडीले एक भएर एकान्तमा बिताएको रमाइलो पल र रोमान्टिक माहोललाई देखाइएको भिडियो हरेक प्रेम जोडीका लागि उपहार हो गायक कैलाश भन्छन्। रमाइलो गर्दै भिडियो सुटिङ गरियो सोचेभन्दा राम्रो भिडियो बन्यो उनले भने। भिडियोमा मोडलद्धय शिल कैलाश र स्मारिका मज्जैसँग अभिनयमा खुलेका छन्। भिडियोमा एक प्रेमील जोडीको प्रेमील कल्पना, मायामा डुबेको प्रेम जोडी र रोमान्सले भरिएको समयदेखि विवाह गरेर एक हुँदा सम्मको सफल प्रेम कहानीलाई रोमान्टिक शैलीमा निर्देशक प्रकाश धितालले प्रस्तुत गरेका छन्। निर्देशक प्रकाश पछिल्लो पुस्ताका अनुभवी तथा नयाँ पनको प्रयोग गर्न रुचाउने निर्देशक हुन्।

गायक कैलशकै शब्द, संगीत रहेको मनका कुराको एरेन्ज आकाश नेपाललीले गरेका हुन्। रोशन विश्वकर्माको कोरियोग्राफी, सुबिन गोदालको छायांकन तथा राकेश दाहालको कलर र सम्पादन रहेको भिडियो गायक कैलाश स्वयमकै अफिसियल च्इानलबाट बजारमा आएको हो।

चितवन राप्ती नगरपालिकाका गायक, गीतकार तथा संगीतकार शिव कैलाश अधिकारी बाल्यकालदेखि नै गीत संगीतमा औधी रुची राख्ने व्यक्त्तिव हुन्। यसअघि नै १२ वटा गीत आफ्नै शब्द संगीत र स्वरमा बजारमा ल्याईसकेका कैलाश अभिनयमा रुचि राख्छन्।

उनका सबै गीतमा उनी आँफैले मोडलिगं गर्दै आइरहेका छन् भने उनका शब्द शृजनामा दिग्गज गायकहरु दीप श्रेष्ठ, आनन्द कार्की, मुरलीधर, विष्णु अधिकारी लगायतले पनि स्वर भरेका छन्। कैलाशका मेरो प्यारो गाउँ, देउरालीको दोबाटो, मनका कुरा बजारमा आइसकेका छन् भने अन्य डेढ दर्जन बढी गीतहरु आउने क्रममा रहेका छन्।

साहित्यकार समेत रहेका गायक, गीतकार तथा संगीतकार शिव कैलाश अधिकारीदुई कृति प्रकाशनको तयारीमा छन्। आखिर किन कविता संग्रह प्रकाशित भइसकेको छ ।

Logo