‘जय श्री दाम’ पुष २० गतेबाट नेपालका ५० बढि हलमा एकसाथ प्रदर्शनमा आउँदैं

‘जय श्री दाम’ पुष २० गतेबाट नेपालका ५० बढि हलमा एकसाथ प्रदर्शनमा आउँदैं

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली चलचित्र ‘जय श्री दाम’ शुक्रबारबाट प्रदर्शनको लागी तयार छ । सोसियल कमेडी फिल्मको निर्माण टिमले यसअघि नै पहिलो हाफको १५ मिनेट प्रिभ्यू नै रिलिज गरेर प्रचारमा नयाँ प्रयोग गरेको छ । पहिलो १५ मिनेटलाई दर्शकले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया दिएका छन् ।

विप्लव उप्रेतीको निर्देशनमा बनेको फिल्ममा जेबिका कार्की, अमृत ढुङ्गाना, विनोद न्यौपाने, राजन खतिवडा, प्रमोद अग्रहरी, विष्णु सापकोटा लगायत मुख्य भूमिकामा छन् ।

पछिल्लो क्रममा भित्रिदो कमेडी सिनेमामा आफ्नो फिल्मले नयाँ आयाम बोकेको दाबी निर्देशक उप्रेतिको छ । ‘लिड कलाकार पनि सबै पछिल्लो पुस्ताका छन, हामीले नेपाली फिल्ममा प्रयोग हुँदै आएको कमेडीमा पनि केहि फरकपना जोड्ने कोशिश गरेका छौँ, उप्रेतीले भने ।

आर्थिक स्थिति कमजोर भएका बेरोजगार दुई युवाले आफ्नो भाग्य चम्काउन प्रयोग गर्ने गलत बाटो र सो क्रममा एक ढोगी बाबासँगको भेटपछि उत्पन्न हुने परिस्थितिको वरिपरि फिल्म घुमेको निर्माण टिमले यसअघि नै बताउँदै आएको छ ।

अमेरिकामा रहेर फिल्म अध्ययनमा स्नातक गरिसकेका निर्देशक उप्रेतीको ठुलोपर्दाको पहिलो निर्देशकीय फिल्म भएको कारण पनि फिल्मलाई आशाको नजरमा हेरिएको छ ।

‘फिल्म मेकिङमै आफ्नो पढाईलाई निरन्तरता दिँदै गर्दा सोहि सिकाई र बुझाइलाई समेटेर नै निर्देशनमा हात हालेको हुँ, उप्रेती सुनाउँछन्, १ घण्टा ४० मिनेट फिल्म हेरिरहँदा दर्शकलाई निराश नपार्ने र नेपाली फिल्म मेकिङमा नयाँ पुस्ताको उपस्थितिलाई बलियो बनाउन कुनै कसुर बाँकी राखेको छैन ।’

लामो समयदेखि सम्पादनमा आफ्नो उपस्थितिलाई बलियो बनाउँदै आइहेका मित्र डि. गुरुङ यो फिल्मबाट निर्माता बनेका छन् । मित्र सह निर्माता रहँदा अवार्डेड सिनेमाटोग्राफर रविन आचार्य पनि फिल्मको सह–निर्मातामा छन् ।

आचार्य पछिल्लो पटक ‘डायन क्याण्डल’ फिल्मबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डमा आफ्नो पकड राखेका सिनेमाटोग्राफर हुन् । आचार्य पनि सिनेमाटोग्राफीमा स्नातक गरिसकेका व्यक्ति हुन् ।

आचार्यले यसअघि एक इटालियन फिल्म पनि छायाँकन गरिसकेका छन् । निर्देशक उप्रेतीसँगै अमरद्विप सापकोटाको पटकथा रहेको ‘जय श्री दाम’ मा संगीत सुशान्त गौतमको छ । नेशनल मिडिया प्रोडक्सन, मङ्की टेम्पल प्रोडक्सन र क्रेजी ह्याण्डस् प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको फिल्मको कार्यकारी निर्मातामा पृथ्वी उप्रेती र मनोज उप्रेती छन् ।

त्यसो त यसअघि सार्वजनिक फिल्मको प्रिभ्यूले पाएको प्रतिक्रियाबाट निर्माण टिम उत्साहित छ । ‘फिल्मले उठाएको कन्टेन्ट र प्रस्तुतीमा हामी कन्फिडेन्स छौँ, निर्देशक भन्छन्, ‘इन्डिपेन्डेन्ट रुपमा लो बजेटमा पनि यो प्रकारको फिल्म निर्माण गर्न सकिन्छ भन्ने सन्देश पनि ‘जय श्री दाम’ ले दिन्छ ।’  देशभरका ५० बढि हलमा एकसाथ प्रदर्शनमा आउने फिल्मलाई गोविन्द शाहिले वितरण गर्दैछन् ।

Skip This
Skip This
Logo