काठमाडौं । आजदेखि सिनेमा हलमा आजदेखि सिनेमा हलमा ‘दुखी आत्मा’ र ‘रंगी’ प्रदर्शनमा राखिएका छन् । प्रणय दिवस अर्थात भ्यालेन्टान्स डेको अवसर पारेर आज शुक्रवारदेखि सिनेमा हलमा दुई नयाँ नेपाली फिल्महरु ‘दुःखी आत्मा’ तथा ‘रंगी’ प्रदर्शनमा आएका हुन। यी दुबै फिल्महरु देशभरीका सिनेमा हलमा प्रदर्शनमा आएका हुन् ।
दयाहा राई तथा आँचल शर्माको मुख्य भूमिका रहेको दुखी आत्मालाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् भने सलोन बस्नेत र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको रंगीलाई सुरेश न्यौपानेले निर्देशन गरेका छन् । सार्वजनिक प्रदर्शनमा आउनुअघि दुबै फिल्मले काठमाडौंका दुई भिन्न सिनेमा हलमा प्रीमियर शो आयोजना गरेका थिए । बधुवार साँझ ‘रंगी’ को प्रीमियर गरिएको थियो भने ‘दुःखी आत्मा’ को हिजो बिहीवार प्रीमियर गरिएको छ । विगतका प्रीमियर शोहरुमा झैँ यो साताका यी दुई फिल्मका प्रीमियरमा सेलिब्रेटी दर्शकले फिल्मको खुलेर प्रशंसा गरेका छन् ।
फिल्म कस्तो बनेको छ र कस्तो व्यवसाय गर्नेछन् भन्ने कुराको निर्णय आजैदेखि हुन थाल्ने छ । देशभरीका सिनेमा हलमा झण्डै दुई सय शो पाएको ‘दुःखी आत्मा’ ले आक्रामक थालनी गर्ने अपेक्षा गरिएको छ । केही साताको अन्तरालपछि अभिनेता दयाहान राई दर्शकमाझ भिन्न अवतारमार्फत दर्शकमाझ आएकाले पनि यो फिल्मले राम्रो हाइप बनाएको छ । निर्देशक लामाकै लेखनमा तयार भएको यो फिल्मले यसअघि सार्वजनिक भएका टीजर, ब्रेकअप कविता तथा ट्रेलरले दर्शकको साथ पाइसकेको छ ।
सामाजिक कथामा नयाँ–नयाँ विषय पस्कन सफल मानिएका निर्देशक लामाले यो फिल्ममा यौन समस्याका कारण एक पुरुषले भोग्ने विभिन्न तनावको कथालाई प्रस्तुत गरेका छने । हिमाल कडरियाको निर्माणमा सुदिप ढकाल कार्यकारी निर्माता रहेको यो फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, बुद्धि तामाङ, रेअर राई, लोकेन्द्र लेखक, आशान्त शर्मालगायत लगायतका कलाकारहरुको अभिनय छ । यो फिल्ममा कवि श्रवण मुकारुङका विभिन्न १० वटा कविता पनि समेटिएको छ । आलोक शुक्लाले खिचेको यो फिल्ममा निमेष श्रेष्ठको सम्पादन छ । फिल्म आरआर फिल्मस्ले वितरण गर्दैछ ।
यता, सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको ‘रंगी’को प्रस्तुतकर्ता अभिनेता सलोन बस्नेत हुन् । यो फिल्ममा बाबु९छोरीको कथालाई चित्रण गरिएको छ । सुरेश न्यौपानेको डेब्यू निर्देशनमा बनेको यो फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारीलगायत कलाकारको अभिनय छ ।
सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम निर्माता रहेको यो फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ । चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।





























प्रतिक्रिया