चैत्र १ देखि प्रदिप र जसिताको ‘लभ स्टेसन’

चैत्र १ देखि प्रदिप र जसिताको ‘लभ स्टेसन’

केन्द्रबिन्दु
0
Shares

नायक प्रदिप खड्का र नायिका जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेसन’ को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र चैत्र १ गतेबाट देशभर प्रदर्शनमा आउने भएको हो ।

उज्जवल घिमिरेले निर्देशन गरेको चलचित्र ‘लभ स्टेसन’ मा प्रदिप र जसिताको मुख्य भूमिका रहेको छ । गाविन्द शाहीले निर्माण गरेको यस चलचित्रको छायांकन दार्जिलिङ, कालिङपोङ लगायतका स्थानहरुमा गरिएको हो । प्रदिप र जसितासँगै सरोज खनाल, प्रकाश शाह, निरुता सिंह लगायतका कलाकारहरुले पनि लभ स्टेसनमा अभिनय गरेका छन् । यो चलचित्र प्रेम कथामा निर्माण भएको बताइएको छ ।

यस अघि प्रदिप र जसिता चलचित्र ‘लिलिबिलि’ मा एकसाथ काम गरिसकेका छन् ।

Logo