सामान्य भाषामा चट्ट परेको मिलेको अनुहार, ठूलो कालो आँखा, लामो नाक, गुलाबी ओठ, सुडौल शरिरलाई नै सुन्दरताको उपमा दिईन्छ । यद्यपि सुन्दरता हेराईमा होइन बुझाईमा भर पर्छ । सुन्दरताको परिभाषा सबैको आ–आफ्नै हुन सक्छ । सबैको आ–आफ्नै बिचार हुन सक्छ ।
सबैसँग आ–आफ्नै तर्क हुन सक्छन् । हुन त सुन्दरताको मापन गर्ने कुनै यन्त्र उपकरण छैन् । सुन्दरताको बयान हाम्रो धर्मशास्त्रहरुमा पनि गरिएको छ, देवी देवताहरुको । साहित्यकारहरुले पनि आ–आफ्नै किसिमले सुन्दरताको वर्णन गरेका छन् । एक विद्धानले भनेका छन्, ‘सुन्दरता एक सिफारिस हो ।’
हिन्दी फिल्मको इतिहासमा धेरै सुन्दर अभिनेत्रीहरुको अनुहार सिल्भर स्क्रीनमा देखिन्छ । सबैभन्दा सुन्दर को छन् भनेर धेरै लामो बहस पनि हुने गर्छ । कसैसँग बौद्धिक क्षमता बढी छ भने, कोही आकर्षक व्यक्तित्व र सुन्दरताका धनी छन् ।
यस्ता सुन्दर अभिनेत्रीहरुले धेरैकोे मन पनि जितेका छन् । आज हामी चर्चा गर्दैछौँ तिनै सुन्दर अभिनेत्रीहरुको जसले आफ्नो सुन्दर अनुहार र सुडौल शरिरको कारण सिनेमाकर्मीको पहिलो रोजाइमा पर्ने गरेका छन् ।































प्रतिक्रिया