चर्चित हाँस्य कलाकार जितु नेपालले हालै मात्र नयाँ शो ‘मुन्द्रेको कमेडी क्लव’ लिएर टेलिभिजनमा देखा परेका छन् । विविध हाँस्य कलाकारीताको क्षेत्रमा लामो समय बिताइसकेका जितु नेपाल हाँस्यब्यंग्यको क्षेत्रलाई अझ उत्थान गर्नको लागि उक्त सो लिएर आएको बताउँछन् । कसैले ‘कपिल शर्मा शो’को नक्कल गरेको आरोप लगाएको भए पनि आफुले कसैको नक्कल नगरि आफ्नो प्रतिभालाई देखाएको बताएका छन् ।
यो कार्यक्रमले हाँस्य क्षेत्रमा पक्कै पनि राम्रो छाप छोड्ने उनले बताए । पछिल्ला दिनहरुमा हाँस्यश्रृंखलाहरुको अभाव खड्किरहेको अवस्थामा मुन्द्रेको कमेडी क्लबले त्यो अभावलाई पूरा गर्ने अपेक्षा रहेको उनले बताए ।
विगत २२ वर्षदेखि कलाकारिता क्षेत्रमा लागिरहेका मुन्द्रेको यो आफ्नो विल्कुलै नयाँ प्रस्तुती हो । यो सबैको कार्यक्रम भएकाले यसमा आएका कमी कमजोरीहरु सच्याउँदै अगाडि जाने उनको तयारी छ । अबको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नायिका केकी अधिकारीलाई ल्याउने तयारी भैरहेको छ ।





























प्रतिक्रिया