काठमाडौं
नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समयमा निकै चर्चित र डिमाण्ड गरिएकी नायिका हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । छोटो समयमै निकै व्यस्त , अभिनयमा पोख्त र सुन्दरी नायिकाको रुपमा नाम कमाएकी शाहको अभिनय यात्रामा आफ्नो लगावका अतिरिक्त परिवारको पनि उत्तिकै साथ र सहयोग छ । हुन त जो कोहि पनि परिवारले साथ दिएन भने जीवनमा सफल बन्न सक्दैनन् । साम्राज्ञीको हकमा पनि यो नियम लागेको छ ।
उहाँको अभिनय शुरुवात देखि हाल सम्म परिवारमा पनि विशेष गरि उहाँकी आमाले के कस्तो भूमिका निभाउनु भयो ? अभिनय कसरी सिकाउनु भयो ? यो सबैलाई चासोको विषय पनि हुन सक्छ । यसै शिलशिलामा परिवारमा साम्राज्ञीको आनीबानी , साथीभाई सँगको सम्बन्ध र अभिनयमा लगाव लगायतका विविध विषयमा उहाँकी आमा नेहा राज्यलक्ष्मी शाहले खुलेर कुरा गर्नु भएको छ । यसपटक केन्द्रविन्दु टेलिभिजनका पाहुनाको रुपमा आउनु भएकी नेहा राज्यलक्ष्मीले साम्राज्ञीका बारेमा बताउनु भएका कुराहरु के के छन् त ? हेरौं यो भिडियोमा :





























प्रतिक्रिया