मह सञ्चार र किरण केसीको निर्माणमा बन्न लागेको चलचित्र ‘दाल भात तरकारी’ को शुभ मुहूर्तको साइतसँगै हाँस्यकलाकार हरिवंश आचार्यको जन्मदिन पनि मनाइएको छ । "/>

हाँसेरै मुर्छा परे चर्चित हाँस्य कलाकार (भिडियोसहित)

हाँसेरै मुर्छा परे चर्चित हाँस्य कलाकार (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

मह सञ्चार र किरण केसीको निर्माणमा बन्न लागेको चलचित्र ‘दाल भात तरकारी’ को शुभ मुहूर्तको साइतसँगै हाँस्यकलाकार हरिवंश आचार्यको जन्मदिन पनि मनाइएको छ ।

हास्य कलाकार हरिवंश आचार्यको जन्मदिनको अवसर पारेर काठमाडौंको कमलादी स्थित गणेश मन्दिरमा यस चलचित्रको शुभ मुहूर्त गरिएको हो ।चलचित्रको शुभ मुहुर्तमा चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल, कलाकारहरु जितु नेपाल, दीपकराज गिरी, निर्मल शर्मा, सन्दिप क्षेत्री, आंचल शर्मा, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल लगायतका कलाकारहरु सहभागी थिए ।

चलचित्रको शुभ मुहुर्त कार्यक्रमममा कलाकार हरिबंशको जन्मदिनको केक पनि काटिएको थियो । जन्मोत्सवको कार्यक्रममा कलाकारहरुले मदनकृष्ण श्रेष्ठको क्यारिकेचर गरेका थिए । सिताराम कट्टेल (धुर्मुस) र कलाकार सुबोध गौतमले कलाकार मदनकृष्ण श्रेष्ठको क्यारिकेचर गर्दा स्वयं मदनकृष्ण नै छक्क परे ।

Skip This
Skip This
Logo