चलचित्र ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बाँनियालाई प्रस्तुत गरिएको छ । साथै टिजरमा दयाहाङ राईलाई पनि देख्न सकिन्छ ।
प्रदिप भट्टराई निर्देशित यस चलचित्रमा नायिका वर्षा राउत, विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानिया लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । शिवराम श्रेष्ठको छायाकन गरेको यस चलचित्रलाई मित्र डी गुरुङ्गले सम्पादन गरेका हुन् । सिंगे लामा र यादव पौडेलको निर्माण रहेको चलचित्र ‘जात्रै जात्रा’ फागुन १७ गतेबाट देशभर प्रर्दशनमा आउँदैछ ।
टिजरमा समावेश एउटा डाइलग भने अहिले नै चर्चित बन्न थालिसकेका छन् । चलचित्रमा कलाकार रबिन्द्र झाले बोलेको डाइलग चर्चित बनेको हो । लाखेले लखेट्दै ल्याएपछि झाले भनेका छन् ‘न डुब्नलाई रानी पोखरी छ, न हामफाल्नलाई नौतल्ले धरहरा छ, काठमाडौंमा सजिलोसँग मर्ने वातावरण पनि छैन यार ।’





























प्रतिक्रिया