काठमाडौं

बिहिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि चलचित्र ‘बिर विक्रम २’ को औपचारिक घोषणा गरिएको छ । "/>

‘बीर बिक्रम २’ मा दयाहाङ आउट, आकाश इन ( भिडियो सहित )

‘बीर बिक्रम २’ मा दयाहाङ आउट, आकाश इन ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

बिहिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि चलचित्र ‘बिर विक्रम २’ को औपचारिक घोषणा गरिएको छ ।

निर्देशक तथा निर्माता मिलन च्यामसले उक्त कार्यक्रममा कलाकारहरुलाई राजकिय सम्मानका साथ कलाकारहरुको घोषणा गरेका छन् । सो कार्यक्रममा ब्यान्ड बाजा बजाइ चौंरी गाई नचाएर कलाकार उपस्थित गराएका थिए । यो चलचित्र नयाँ वर्षमा रिलिज गरिने चाम्स बताउँछन् । मिति भने तल माथि हुन सक्ने उनले बताए ।

बिर विक्रम २ मा नायिका वर्षा सिवाकोटी, आकाश श्रेष्ठ र नाजिर हुसेनको मुख्य भूमिका रहनेछ । साथै बुद्धी तामाङ, विपिन भण्डारी, शिशिर राणा, क्षितिज सुवेदी र बाल कलाकार मनिष लिम्बुको पनि अभिनय रहेको छ । यस चलचित्रमा प्रदीप भारद्वाजको लेखन रहेको छ भने छायांकन सुदीप बरालको रहेको छ ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आई प्रोडक्सनको संयुक्त निमार्णमा बन्न लागेको यस चलचित्रको छायांकन यहि कार्तिक २६ गतेबाट सुरु हुने बताइएको छ । हेरौं भिडियोमा :

Logo