ग्ल्यामरस दुनियाँमा पहिलो बिकिनी फोटोसुटबाट चर्चा बटुलेकी नायिका शर्मिला टैगोरकी नातिनी हुन्, सारा अली खान । उनी अभिनेता सैफ अली खानकी छोरी पनि हुन् । "/>

केदारनाथको टिजरमा सैफकी छोरी सारा र सुशान्तको यस्तो केमेस्ट्री

केदारनाथको टिजरमा सैफकी छोरी सारा र सुशान्तको यस्तो केमेस्ट्री

केन्द्रबिन्दु
0
Shares

ग्ल्यामरस दुनियाँमा पहिलो बिकिनी फोटोसुटबाट चर्चा बटुलेकी नायिका शर्मिला टैगोरकी नातिनी हुन्, सारा अली खान । उनी अभिनेता सैफ अली खानकी छोरी पनि हुन् । उनै साराको डेब्यु फिल्म ‘केदारनाथ’को टिजर रिलिज भएको छ । यसमा साराले सुशान्त सिंह राजपूतसँग स्क्रिन सेयर गरेकी छिन् ।

त्यसो त सारा अलि खानको डेब्यु फिल्म रहेको केदारनाथ फिल्म रिलिज हुनु अगावै सारा कुनै न कुनै वाहानामा मिडियामा छाइरहन्थिन् । बलिउडको नव नायिकाहरुमध्ये धेरै चर्चित सारा अलि खान र जान्ह्वी कपूरको हुने गरेको छ । सारा र जान्ह्वीलाई एक अर्कासँग तुलना गर्ने गरिन्छ । जान्ह्वीको डेब्यु फिल्म ‘धडक’ निकै हिट भयो ।

यो फिल्म अभिषेक कपुरले निर्देशन गरेका हुन् । यो फिल्म डिसेम्बर ७ मा रिलिज हुनेछ । करिव २ मिनेटको यस टिजरमा सुशान्त सिंह राजपुत र सारा अली खानको केमेस्ट्री जवरजस्त देखिएको छ । टिजरमा सारा र सुशान्तको किसिङ सिनले पनि राम्रै चर्चा पाएको छ । केदारनाथमा त्रासदीको बिच पनि यी दुर्इको लबस्टोरी सफल हुन्छ कि हुँदैन भन्ने कुरा रोचक हुनेछ ।

सन् २०१३ मा केदारनाथमा भएको प्राकृतिक प्रकोपको कारणले हजारौ मानिसले ज्यान गुमाउनु परेको थियो । उत्तरखण्डमा आएको विनाशकारी बाढीले लाखौँ मानिसको जीवन तहसनहस पारेको थियो । त्यही घटनालाई पर्दामा उतार्ने कोशिस गरेका छन्, निर्देशकले । फिल्ममा त्यही पृष्ठभुमिमा दुई जवान जोडीको प्रेम कहानीलाई कत्तिको असर गर्छ त भन्ने कुरा देखाइएको छ ।

Skip This
Skip This
Logo