काठमाडौं
पछिल्ला दिनहरुमा नेपाली चलचित्रहरुले केहि नयाँ रेकर्डहरु पनि राखिरहेका छन् । धेरैजसो लगानी सम्म उठाउन नसक्ने चलचित्रहरु बनेर स्तर खस्किएको अवस्थामा छन् भने केहि स्वदेश तथा विदेशमै ख्याती कमाएका पनि छन् । "/>

चलचित्र बोबिको टिमसँग को जाँदैछ नर्वे ? ( हेरौं भिडियोमा )

चलचित्र बोबिको टिमसँग को जाँदैछ नर्वे ? ( हेरौं भिडियोमा )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
पछिल्ला दिनहरुमा नेपाली चलचित्रहरुले केहि नयाँ रेकर्डहरु पनि राखिरहेका छन् । धेरैजसो लगानी सम्म उठाउन नसक्ने चलचित्रहरु बनेर स्तर खस्किएको अवस्थामा छन् भने केहि स्वदेश तथा विदेशमै ख्याती कमाएका पनि छन् । यस्तै नाम कमाएको मध्ये एक चलचित्र हो बोबि । यो एउटा सत्यकथामा आधारित चलचित्र हो र यसका पात्रहरु पनि सत्य कथाकै पात्रहरु हुन् । गएको असारमा रिलिज भएको यस चलचित्रले राम्रो व्यापार पनि गरेको थियो ।

यसको निर्माता टिमले चलचित्र हेरि सकेका दर्शकहरु मध्येबाट गोलाप्रथा गरि १ जनालाई नर्वे लैजाने यस अघि नै बताइसकेको थियो । आज त्यसकै भाग्यमानी दर्शकको छनौट गरिएको हो । छनोटमा परेका दर्शकले आफूले रोजेको अर्को एकजनालाई पनि सँगै नर्वे लैजान सक्नेछन् । जसका लागि आफूसँग भएको टिकटको अर्धकट्टी बुझाउनु पर्नेछ र त्यहि अर्धकट्टीलाई गोला प्रथामा समावेश गरिसके पछि भाग्यमानी छानिएको व्यक्ति नर्वे जान सक्ने छन् । जसलाई पर्छ उसले आफ्ना आफन्त वा साथीभाईलाई पनि पठाउन सक्नेछन् ।

गोला प्रथाबाट विर्तामोडका राजेश ( राज ) लिम्बु विजेता भएका छन् । उनले अब आफ्नो मन पर्ने एकजनालाई पनि सँगै नर्वे लैजान पाउने छन् । थप हेरौं भिडियोमा :

 

Skip This
Skip This
Logo