काठमाडौं

नायिका पूजा शर्मा पछिल्लो समयमा आफ्नै ब्यानरबाट फिल्म निर्माण तथा अभिनय गर्न थालेकी छिन् । "/>

सोनम तोप्देन बन्ने भए पूजा शर्माको नयाँ हिरो

सोनम तोप्देन बन्ने भए पूजा शर्माको नयाँ हिरो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नायिका पूजा शर्मा पछिल्लो समयमा आफ्नै ब्यानरबाट फिल्म निर्माण तथा अभिनय गर्न थालेकी छिन् । रामकहानीको सफलता पछि पूजा अर्को फिल्म निर्माण गर्ने तयारीमा रहेकी छिन् ।

सुदर्शन थापाले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’ मा पूजा शर्माले नवनायकसँग रोमान्स गर्ने भएकी छिन् । यो फिल्ममा दुई नायक रहने भन्ने कुरा निर्माण पक्षले बताएका छन् । फिल्ममा एक नायक सोनम तोप्देन पक्का भएका छन् । अर्को नायक फाइनल हुन बाँकी रहेको छ । सोनम चर्चित युटुबर हुन । युटुबमा सोनमले गाएको बलिउड नायक साहरुख खान अभिनित फिल्म ‘जब ह्यारी मेट सेजल को हवाए’ बोलको गीतमा करिब ३७ लाख भ्यूज पाएका छन् । उनले नेपाली, हिन्दी, अंग्रेजीका साथै विभिन्न भाषाका गीतको कभर गाएका छन् ।

म्यूजिकल लभ स्टोरीमा आधारित भएर निर्माण गरिने भनिएको फिल्ममा त्रिकोणात्मक लभ स्टोरी देखिने छ । फिल्मको हाल धमाधम गीत रेकर्डिङ भैरहेको छ । फिल्मको शिर्ष गीतलाई गायक सुगम पोखरेलले गाएका छन् । सुगमकै चर्चित गीत सम्हालिन्छ कहिले मनबाट सापटी लिएर यो फिल्मको नाम राखिएको हो । पूजा हरेक फिल्ममा नयाँ नायकसँग काम गर्न रुचाउँछिन् ।

Logo