नेपाली सिनेमा क्षेत्रकी नायिका तथा साहित्यकार सोभिता शिम्खडा र उनका पति सञ्चारकर्मी निराजन भण्डारी एउटा फरक किसिमको दिनचर्यामा रमाइरहेका छन् । उनीहरुलाई न त केहिको चिन्ता छ न त कसैले केहि भन्छन् भन्ने डर । सन्तानको न पीर छ न त अन्य केहि समस्याहरु । हरेक युवा पुस्ताहरु अहिले मायाको भुमरिमा पर्ने गर्छन् । साथै सन्तानको खुसि पाउने आशामा लागिपरेका हुन्छन् । तर उनीहरु अहिले देखि नै मोक्ष र धार्मिक परिवेशमा रमाइरहेका छन् ।
आज भन्दा १० वर्ष अगाडि मीडियाकर्मीको नाताले भएको भेट पछि मायामा बदलिँदै बिहेमा परिणत भयो । अहिले भण्डारी सञ्चार क्षेत्रमै रहेका छन् भने शिम्खडा नायिका तथा साहित्यिक क्षेत्रमा लागिपरिरहेकी छन् । शिम्खडाले भर्खरै मात्र आरंगना नामको पुस्तक रचना गरेर प्रकाशित गरेकी छिन् ।





























प्रतिक्रिया