काठमाडौं । चलचित्र ‘निर्जला’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्र यो दशैंमा अर्थात असोज १९ बाट प्रर्दशनमा आउँदैछ । राजु गिरीको निर्देशन रहेको यो चलचित्रलाई प्रकाश चन्द न्यौैपानेले निर्माण गरेका हुन् ।
यस चलचित्रमा किशोर खतिवडा, शुभेच्छा थापा तथा निक शर्माको मुख्य भूमिका रहेको छ । चलचित्रमा रुमी भट्ट, श्याम राई, पल्पसा डंगोल, राजकुमार थापा, राजेन्द्र गिरी, भीम खनाल लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
निर्देशक गिरीले यो चलचित्रलाई उनको विगतका चलचित्र भन्दा पृथक रहेको बताए । साथै निर्जलामा रबी कोइरालाको सिनेमेटोग्राफी रहको छ ।





























प्रतिक्रिया