अभूतपूर्व चुनाबी नतिजापछि के भन्छन् कलाकार ?

अभूतपूर्व चुनाबी नतिजापछि के भन्छन् कलाकार ?


काठमाडौं । बिगत ३५ बर्षको उकुसमुकुसबाट आजित भएका जनताले रास्वपालाई आफ्नो मत दिएर बहुमतको सरकार बनाउने म्यानडेट दिएका छन् । जनताको अभिमत रास्वपाप्रति ओर्लिएपछि कलाकार तथा संचारकर्मी के भन्छन त ?

बरिष्ठ कलाकार आनन्द कार्की भन्छन ‘यो नतिजाले आफु एकदमै खुसी भएको छु । मुलुकले परिबर्तन खोजीरहेको सन्दर्भमा जनताले एक मधेशको छोरोलाई देशको बागडोर सुम्पिनु एउटा सुखद संयोग हो । जनताको चाहना अनुरुपको काम गरि सहि मान्छेलाई सहि ठाउँ प्रदान गरि मुलुकको समृद्धीलाई अगाडी बढाउने काम गर्दै जाउन । शुभकामना छ ।’

त्यसैगरी चर्चित गायक सुगम पोख्रेल भन्छन ‘हामी सबैले परिवर्तन खोजी रहदा यो नतिजाले खुशीको लहर लिएर आएको छ । पुराना पार्टीहरुको केहि व्यक्तिको अकर्मण्यताले गर्दा यो हबिगत भोग्नु परेता पनि आगामी दिनमा आफुलाई सच्याएर अघि बढ्दै गएर बहुमतको सरकारलाई रचनात्मक बिपक्षीको भूमिका निर्वाह गर्नु पर्ने तथा रास्वपाको सरकारले पनि जनताको हितमा कम गर्दै जाने हो भने मुलुकको मुहार फेर्ने कुरामा आफु ढुक्क भएको’ बताएका छन् ।

गायिका पुजा लामा भने केही फरक विचार राख्छिन । ‘जसले जिते पनि देश बच्नु पर्ने देश जित्नु पर्ने बताउँछिन ।’ तर अहिले नै आफु विश्वस्त भई नसकेको बताउँछिन । बाह्र्य शक्तिको प्रभाब कम गर्नु नै अब बन्ने सरकारको प्रमुख लक्ष्य हुनु पर्ने उनी बताउँछिन ।

त्यस्तै संचारकर्मी बिशाल भण्डारी भने घन्टीको लहरले जित्नु पर्ने व्यक्तिहरु पनि संसदमा नपुग्ने भएकोले केहि निरासा भएको बताउँछन । उनले कुलमान घिसिंग, गगन थापाको उदाहरण दिदै यस्ता व्यक्तिहरु संसदमा जानु पर्ने थियो तर अब बन्ने सरकारले सबै लाई समेटेर उनको उनीहरु बढे देश समृद्धीको बाटोमा बढ्ने बताए ।

यस्तै संचारकर्मी सुशील नेपालले सम्पूर्ण जनताको जित भएको र मुलुकले अब काचुली फेर्ने कुरामा कुनै दुइमत मत नभएको बताएका छन् । यसैगरी चर्चित र्यापर भियोमा आफु निकै नै खुसी भएको प्रतिक्रिया दिदै ‘अब देशले नयाँ कोल्टो फेर्नेमा बिस्वस्त रहेको बताए । अब यो चुनाबी नतिजाले जनताले चाहेमा परिबर्तन सम्भब छु भन्ने नजिर स्थापित गरेको र अब गठन हुने सरकारले जनताको चाहना अनुरुपको काम गर्ने कुरामा दुइमत नरहेको बताएका छन् ।

चर्चित र्यापर गिरिश खतिवडाले यो नतिजाले आफु प्रफुलित भएको बताएका छन् । उनी भन्छन् ‘अबको सरकारले बिदेशमा रहेको युवाहरुलाई मुलकमै केहि गर्ने बाताबरण बनाउन यो सरकारको प्राथमिकता हुनु पर्ने तथा कुनै पनि चाडपर्बमा सबै परिवारहरु आफनै देशमा बसी चाडपर्बलाई हर्सोल्लासको साथ मनाउनु पर्ने वातावरण मिलाउन अब बन्ने साकार प्रतिबद्ध हुनु पर्ने तथा मेयरको कार्यकर्तामा जनहितका काम गरेका बालेनले ५ बर्ष अहोरात्र देश र जनताको लागि काम गर्नेमा आफु विश्वस्त रहेको बताएका छन् ।

चर्चित र्यापर एनएसके भन्छन् ‘जित्ने सबै उम्मेदवारलाई बधाई । निर्वाचनमा हार जित सामान्य प्रकृया भएकाले कुनै पनि उम्मेदवारले जित्नु र हार्नु भन्दा देशले जित्नु पर्ने कुरामा’ जिकिर गरे ।

Logo