काठमाडौं। अनिल बुढा मगरको निर्देशनमा बनेको चलचित्र ‘मितज्यू’को नयाँ गीत ‘गैराघरे काँइली’ सार्वजनिक गरिएको छ। आइतबार सार्वजनिक गरिएको गीतमा कलाकारहरूलाई पारम्परिक पहिरनमा प्रस्तुत गरिएको छ।
गीतमा दयाहाङ राई, तेरिया मगर र सौगात मल्ल फिचर्ड छन्। लोकलयमा आधारित गीतमा श्रीकृष्ण बम मल्लको शब्द तथा संगीत रहेको छ भने गायनमा उनले मेलिना राईसँग सहकार्य गरेका छन्।
श्यामश्वेत रसाइलीको संयोजनमा तयार गरिएको गीतमा नृत्य निर्देशन मिङ्मा डि लेप्चाले गरेका हुन्। ग्रामीण परिवेश र पहाडी समाजको कथामा आधारित चलचित्रमा विभिन्न कलाकारको अभिनय रहेको छ।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘मितज्यू’ आगामी ८ जेठदेखि प्रदर्शनमा आउने तयारीमा छ।





























प्रतिक्रिया