काठमाडौं । निर्देशक सिर्जन बराल ऋषिले एमालेहरुले काम गरेर खाने सिने जगतका प्राविधिकमाथी निर्घात कुटपीट गरिएको भन्दै आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै फिल्म क्षेत्रका एक प्राविधिकमाथि कुटपिट भएको आरोप लगाएका छन् ।
स्टाटसमा उनले ती व्यक्ति कुनै राजनीतिक दलसँग सम्बन्धित नभई आफ्नो काममा जाँदै गर्दा आक्रमण भएको दाबी गरेका छन् । साथै, बिना गल्ती कुटपिट गरिएको भए आफू र आफ्नो टिम कडा रुपमा प्रतिवादमा उत्रिने चेतावनीसमेत दिएका छन् ।
उनले प्राविधिक संघबाट यस विषयमा आधिकारिक धारणा आउने अपेक्षा पनि व्यक्त गरेका छन् । यता, घटनाबारे प्रहरी वा सम्बन्धित निकायबाट हालसम्म औपचारिक पुष्टि भएको छैन ।






























प्रतिक्रिया