डेढ करोडको लगानीमा ‘रानीमहल’

डेढ करोडको लगानीमा ‘रानीमहल’

केन्द्रबिन्दु
0
Shares

डेढ करोडको लगानीमा रानीमहल चलचित्र निर्माण हुने भएको छ ।

राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण पक्षले उक्त लगानीमा चलचित्र निर्माण हुने बताएको हो । चलचित्रको नाम दरबारसँग सम्बन्धित जस्तो लागेपनि त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र भएको निर्माता बिमल भुसालले बताए ।

४५ दिन भित्र सुटिङ गरिसक्ने निर्माण समूहले बताएको छ । चलचित्रको सुटिङ बुटवल, भैरहवा, चितवन, स्याङ्जा, पोखरा, पाल्पा र काठमाडौंमा हुनेछ । 

हिमाल न्यौपानेको निर्देशन रहने चलचित्रमा नीर शाह, बिएस राणा, केशब भट्टराई, सुष्मिता बमजन, प्रशान्त ताम्राकार, रश्मी भट्ट, उमा बेबी, विष्णु सापकोटा, नगेन्द्र रिजाल, वर्षा सिवाकोटी आशिष अधिकारीको अभिनय रहने छ ।

त्यस्तै साहिल श्रेष्ठ, मानस्वी खरेल, युनिता खत्री, बासु खनाल, शिलु पोखरेल, अनामिका लामीछाने, भिस्म राज जोशी, सौगात धिताल, बिनोद कुमार सापकोटा, सुरज चौलागाई, पुष्पा निरौला, भोला शाह र गणेश पौडेल लगायतको अभिनय रहने बताइएको छ ।

Skip This
Skip This
Logo