चलचित्र ‘कृ’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

चलचित्र ‘कृ’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

अभिनेता अनमोल केसी र नव अभिनेत्री अदिती बुढाथोकीको मुख्य भूमिका रहेको चलचित्र ‘कृ’को ट्रेलर आज सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरेर ट्रेलर सार्वजनिक गरिएको हो ।

‘कृ’को ट्रेलरमा अनमोललाई एक्सन हिराेका रूपमा देखाइएको छ भने नायिका अदितीसँगकाे रोमान्सलाई पनि प्रस्तुत गरिएको छ ।

सुवास इन्टरटेन्टमेन्ट र सुपर काजल इन्टरटेन्टमेन्टको संयुक्त लगानीमा बनेको ‘कृ’ चलचित्रमा अनमोल केसी, अदिती बुढाथोकी, अनूप बिक्रम शाही, कामेश्वर चौरसिया, सरोज खनाल, लक्ष्मी गिरी आदि कलाकारको मुख्य भूमिका रहेको छ । सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्र आगामी माघ २६ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ ।

Skip This
Logo