केकीले नाजिरका साथ मनाइन् २८ औं बर्थ डे

केकीले नाजिरका साथ मनाइन् २८ औं बर्थ डे

केन्द्रबिन्दु
0
Shares

चलचित्र ‘राज्जा रानी’ की नायिका केकी अधिकारीले राजधानीमा आइतबार नायक नजीर हुसेनका साथमा जन्मोत्सव मनाइन् । हिस्सी परेकी, सुन्दरी केकीले २७ बर्ष पुरा भइ २८ लागेको उपलक्ष्यमा जन्मदिन मनाएकि हुन् ।

नेपाली चलचित्रको चर्चित नायिका तथा व्यावसायिक मोडेल हुन् केकी । थुप्रै म्यूजिक भिडियो, टेलिभिजन विज्ञापन तथा आधा दर्जन नेपाली चलचित्रमा काम गरिसकेकी उनी अभिनयमा पोख्त नायिकाको रुपमा गनिन्छिन् ।

उनले चलचित्र पदार्पण ‘स्वर’ बाट गरेकी हुन् । ब्यवसायिक मोडल र अभिनेत्री केकी यही बर्षवाट निर्माती समेत बनेकी छन् । उनले निर्माण गरिरहेको फिल्मको नाम ‘कोहलपुर एक्स्प्रेस’ हो ।

२८ औं बर्थ डेको उपलक्ष्यमा उनी तथा ‘राज्जा रानी’ टीमले दाइजोप्रथा तथा बालविवाह सम्बन्धमा योगदान गरेबापत बैतडीका स्वास्थ्य अधिकृत डा गुणराज अवस्थीलाई सम्मान गरेको थियो । उनको बर्थ डे कार्यक्रममा ‘राज्जा रानी’ टीम र केही सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

केकीका फिल्म
२०१० स्वर
२०११ मसान (गोपाल प्रसाद रिमालको जिबनमा आधारित)
२०१२ आई एम सरी
२०१३ महसुस
२०१३ बितेका पल
२०१४ मेरो बेस्ट फ्रेन्ड
२०१४ श्री पाच अम्बरे
२०१४ मिउट–द हार्ट बिलोंग टु यु
२०१५ फन्को
२०१५ बाग्मती
२०१५ पुनर्जन्म
२०१६ भाग सानी भाग
२०१६ हाउ फन्नी
२०१६ सावीत्री (छोटो चलचित्र भवानी भिक्षुको जिबन मा आधारित)
२०१७ घामपानी
आदि, आदि ।

 

Skip This
Logo