चलचित्र कृको ट्रेलर सार्वजनिक

चलचित्र कृको ट्रेलर सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २९ मंसिर । अभिनेता अनमोल केसी र नव अभिनेत्री अदिती बुढाथोकीको मुख्य भुमिका रहेको चलचित्र कृको ट्रेलर आज सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरेर ट्रेलर सार्वजनिक गरिएको हो ।

कृको ट्रेलरमा अनमोललाई एक्सन रुपमा देखाईएको छ भने अदिती र अनमोलको रोमान्सलाई पनि प्रस्तुत गरिएको छ ।

सुवास इन्टरटेन्टमेन्ट र सुपर काजल इन्टरटेन्टमेन्टको संयुक्त लगानीमा बनेको कृमा अनमोल केसी, अदिती बुढाथोकी, अनूप बिक्रम शाही, कामेश्वर चौरसिया, सरोज खना, लक्ष्मी गिरी आदीको मुख्य भूमिका रहेको छ ।सुरेन्द्र पौडेलको निर्देशन रहेको यो चलचित्र आगामी माघ २६ गते देखि प्रदर्शनमा आउने बताईएको छ ।

चलचित्र कृको ट्रेलर सार्वजनिकको भिडियो

 

Skip This
Logo