काठमाडौं । वैशाखयता हलहरूमा ११ फिल्म रिलिज भए । तीमध्ये ‘लालीबजार’ बाहेक कुनैले पनि नाफा कमाउन सकेनन् । वैशाख २५ गते रिलिज भएको यम थापा निर्देशित फिल्म ‘लालीबजार’ले गत सोमबार जारी गरेको चलचित्र विकास बोर्डको पछिल्लो बक्स अफिस रिपोर्टअनुसार ८ करोड ७८ लाख ५ हजारमाथिको व्यापार गरेको थियो । फिल्म अहिले पनि हलमा प्रदर्शन भइरहेको छ ।
‘लालीबजार’पछि धेरै कमाइ गर्नेमा पर्छ ‘परालको आगो’ । वैशाख ११ गते रिलिज भएको लक्ष्मण सुनार निर्देशित ‘परालको आगो’ले सोमबारसम्मको रिपोर्टअनुसार ४ करोड २८ लाखको व्यापार गर्यो ।
जेठ ८ गते रिलिज भएको अनिल बुढामगर निर्देशित फिल्म ‘मित ज्यू’को कमाइ करिब १ करोड ३१ लाख ११ थियो । सोमबारसम्मकै तथ्यांकलाई आधार मान्दा जेठ २५ गतेमा रिलिज भएको फिल्म ‘रोल नं वान’ले ९४ लाख ९१ हजारको मात्र बक्स अफिस व्यापार गरेको छ । त्यसैगरी फिल्म ‘काजी’ले ४४ लाख, ‘लाइफ ड्यामेज’ले ३४ लाख, ‘कुम्भ’ले ३ लाख, ‘मालती मंगले’ले ५१ लाख, ‘गुरुआमा’ले २९ लाख, ‘एक मुठी बादल’ले ५ लाख र ‘पहाड’ले ६३ लाख आसपासको मात्र व्यापार गरे ।
हुन त नेपालीभाषी भारतीय फिल्म ‘सेप अफ मोमो’ पनि गत जेठ १५ मा रिलिज भएको थियो । नेपालमा व्यापार गर्न नसके पनि फिल्मले फिल्मपारखी, फिल्मकर्मी र समीक्षकहरूबाट सकारात्मक प्रशंसा पाएको थियो ।
यस अवधिमा ‘चल्तीका अनुहार’ले अभिनय गरेका फिल्महरूले पनि सुखद व्यापार गरेनन् । ‘मित ज्यू’मा अभिनेता दयाहाङ राई र सौगात मल्ल प्रमुख भूमिकामा थिए । फिल्म ‘काजी’मा अभिनेता विपिन कार्कीको प्रमुख भूमिका थियो । फिल्म ‘पहाड’मा पनि अभिनेता विपिनको महत्वपूर्ण भूमिका थियो । फिल्म ‘मालती मंगले’मा अभिनेता विजय बरालको मुख्य भूमिका थियो । फिल्म ‘लाइफ ड्यामेज’मा अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका थियो । त्यसैगरी फिल्म ‘एक मुठी बादल’मा अभिनेत्री आँचल शर्माको मुख्य भूमिका थियो । हालसम्मको तथ्यांकलाई आधार मानेर हेर्दा वैशाखयता न नयाँ निर्देशकहरूको फिल्मले व्यापार गर्यो, न स्थापित मेकरको कमब्याक नै फाप्यो ।
२०८२ सालमा रिलिज भएका ५७ फिल्ममध्ये ४ वटा फिल्मले मात्र १० करोड माथिको व्यापार गरेका थिए । ३७ फिल्मले त १ करोडभन्दा कमको व्यापार गरेका थिए । निर्माता आफै भन्छन्- अहिले मात्र हैन, पहिल्यैदेखि यस्तै हो।
फिल्म निर्माता तथा वितरक प्रचण्डमान श्रेष्ठको अनुभवमा नेपाली फिल्मको एकाध बाहेक लगातार घाटा व्यहोर्ने क्रम विगतमा पनि थियो । ‘यो अहिलेमात्र हैन, पहिल्यैदेखि यस्तै हो । नेपाली फिल्मको एउटा साइकल छ, जहाँ एउटा फिल्मले कोर्स चेन्ज गर्छ, त्यसपछि केही समय राइज देखिन्छ र फेरि डाउन हुन थाल्छ,’ उनी भन्छन्, ‘अहिले फेरि एउटा नयाँ प्याराडाइम सिफ्ट ल्याउने खालको फिल्म वा मेकरको खाँचो छ ।’
फिल्म ‘मञ्जरी’, ‘गाजाबाजा’, ‘पारी बुटवल’का निर्देशक गणेशदेव पाण्डे २ महिनाको अवधिमा रिलिज भएका अधिकांश फिल्महरू नचल्नुको दोष ‘कन्टेन्ट’मा देख्छन् । पछिल्ला फिल्मका ट्रेलरहरु हेर्दा एकाधबाहेक कुनैले पनि आकर्षण नगरेको उनले सुनाए । नेपाली फिल्मलाई युवापुस्ताले विश्वास नगरेको उनी बताउँछन् । ‘युवा पुस्ताले नेपाली फिल्म मेकरहरूलाई विश्वास गर्न छाडिसकेका छन् । ट्रेलर हेर्दै ‘हेर्न जाउँ’ जस्तो लाग्ने फिल्महरू कमी छन् । उद्योगमा प्यासनेट फिल्म मेकर र ज्ञानको कमी हुँदा फिल्महरू झुर र बोरिङ बन्ने गरेका छन्,’ उनी भन्छन् ।
फिल्म चल्नका लागि पटकथाले दर्शकलाई बाँधेर राख्नुपर्छ । ‘लुट’ पछि एउटा प्याटर्न फेरिए पनि पछिल्ला धेरै फिल्ममा पटकथाको कमजोरी देखिनुले व्यापारमा त्यसको प्रभाव परेको उनी बताउँछन् । ‘कबड्डी’, ‘छक्का पन्जा’ वा ‘पूर्ण बहादुरको सारङ्गी’’ चलेपछि सबैलाई ‘गाउँकै कथा भन्नुपर्छ र रुवाउनुपर्छ’ भन्ने मात्र लाग्न थाल्यो । तर आजका युवा दर्शक धेरै कुरा बुझ्ने र अन्तर्राष्ट्रिय सिनेमा हेर्ने खालका छन्,’ उनी भन्छन् ।
कलाकार सरिता गिरी पछिल्लो समय हेरेका जति नेपाली फिल्म उस्तै किसिमको लागेको बताउँछिन् । त्यसकारण पनि फिल्मले व्यापार नगर्नुको पछाडि कमजोर कथावस्तु रहेको उनी बताउँछिन् । ‘दर्शकले विश्वभरका उत्कृष्ट फिल्महरू ओटीटी प्लेटफर्ममा हेरिरहेका भए पनि नेपाली फिल्ममेकरहरू अझै पुराना र एउटै खालका घिसेपिटेका कथामा अल्झिरहेका छन् ।





























प्रतिक्रिया