‘लिलिबिली’का नायक खड्काले रोमान्स गरेका तस्बिर लिक भएपछि….

‘लिलिबिली’का नायक खड्काले रोमान्स गरेका तस्बिर लिक भएपछि….

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १७ मंसिर ।

पछिल्लो समय चर्चामा रहेको निर्माणाधीन चलचित्र ‘लिलिबिली’को छायाँकन यतिबेला युरोपमा धमाधम भैरहेको छ । सुटिङ सेटबाट लिलिबिलीको एउटा गीत छायाकंनका केही तस्बिर बाहिरिएका छन् । केही सातायता सुटिङ भइरहेको चलचित्र ‘लिलिबिली’ मा नवनायिका रेबिका गुरुङ आउट भएर प्रियंकाको प्रवेश भएसंगै यो चलचित्रको चर्चा अझ चुलिएको थियो ।

त्यसअघि चलचित्रका नायक प्रदिप खड्काले २३ लाख पारिश्रमिक लिएको कुराले यो चलचित्रको चर्चा सुरु भएको थियो । त्यसपछि चलचित्र घोषणा कार्यक्रममा बडिगार्डसंगै नायक प्रदिप खड्का प्रेस मिटमा उपस्थित भएपछि उक्त चलचित्रले मिडियामा हल्लिखल्ली मच्चाएको थियो ।

बाहिरिएका तस्बिरहरु चलचित्रको गीत छायांकनका हुन् । तस्बिरमा प्रदिप र नायिका जसिता गुरूङ रोमान्टिक मुद्रामा देखिन्छन् । मिलन चाम्सको निर्देशनमा बनिरहेका चलचित्रको ४० प्रतिशत छायाँकन सकिएको निर्माण टिमले जानकारी दिएको छ । छायाकंन भइरहेको उक्त गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

 

Skip This
Logo