चलचित्र 'ए' को प्रर्दशन मिति घोषणा भएको छ। विलभ्ड इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको सस्पेन्स् थ्रिलर चलचित्र ए आगामी तिहारमा हुने भएको हो।
तिहारमा चलचित्रलाई प्रदर्शनमा ल्याउने भएता पनि मिति भने केही समयपछि सार्वजनिक गर्ने वितरक करण श्रेष्ठले बताए ।
यस चलचित्रको मुख्य भूमिकामा प्रमोद अग्रहरी, सोहित मानन्धर, छोल्टिम गुरुङ्ग, रिस्ता बस्नेत, दुर्गेश थापा र रवि गिरी रहेका छन् । अन्य कलाकारमा प्रविन खतिवडा, सुरज बज्राचार्य, बिकेश प्रजापति, सुरज विष्ट, गित बिष्ट र विपिन कार्की लगायत रहेका छन् । बालकलाकारमा जसिका घिमिरे, अग्रता राई, अभिमानसिंह बस्नेत, प्रतिक भुजेल र रुपेश थापा रहेका छन्।
चलचित्रको कथा राकेश रनपालको रहेको छ भने पटकथा तथा संवाद भने भोमन कटुवाल र आकाश उखेडाको रहेको छ ।
चलचित्रको छायाँकन मोहनकुमार झिल्लुले गर्ने भएका हुन् भने सम्पादन अनिलकुमार महर्जनको रहने छ। चलचित्रमा द्वन्द्व राजु किराँतको रहेको छ । संगित सुरेश गैरे रहेका छन्।
यस चलचित्रको निर्देशन भने भोमन कटुवालले गर्दैछन् । चलचित्रमा प्रलाद काफ्लेको लगानी रहेको छ । चलचित्रको नेपाल भरको वितरण जिम्मा भने ‘जिजिए ग्रुप’ले लिएको छ।
प्रतिक्रिया