मेलम्चीका बाढी पीडितका लागि नायिका वर्षा सिवाकोटीकाे सहयोग अभियान

मेलम्चीका बाढी पीडितका लागि नायिका वर्षा सिवाकोटीकाे सहयोग अभियान


नायिका वर्षा सिवाकोटीले मेलम्चीमा विपदमा परेका पीडितहरुको सहयोगका लागि अभियानमा सुरु गरेकी छिन् । “Join The Movement” नाम गरेको अभियानमा सुरु गरेकी हुन् ।

नायिका सिवाकोटीले आफ्नो फेसबुकमार्फत यस अभियानमा सहयोग गर्न सबैलाई अनुरोधसमेत गरेकी छिन्। 

मेलम्चीमा हालै आएको भीषण बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रबाट सयौं मानिसहरू विस्थापित भएका छन् । यस अभियानले बाढीपीडितहरुलाई थोरै भए पनि सहयोग पुग्ने उनले विश्वास राखेकी छिन्।

सो अभियानमा सहयोग गर्न चाहनेहरुका लागि उनले बैक खाता पनि दिएकी छिन् । उनले भनेकी छिन् :
 
बाढी पीडित मेलम्चीबासी आदरणीय दाजु भाइ एवं दिदी बहिनीको सहयोगका निम्ति आफ्नोतर्फबाट केही सहयोग गर्न अग्रसर भएकी छु। मेरो यो सानो पहलमा हजुरहरू पनि सहभागी हुन चाहनु हुन्छ भने आउनुहोस् हातेमालो गरौं। हाम्रो सानो प्रयास पीडामा भएका मेलम्चीबासीलाई राहत बन्ने अपेक्षा लिएकी छु।

Bank Details : Prabhu Bank , Anamnagar
Account Number : 0010151410500013
Account Name : K.B. Foundation

Logo