‘संसारका हरेक महिला कुनै न कुनै रुपमा हिंसामा परेकै हुन्छन्’-मनिषा कोइराला (भिडियाेसहित)

‘संसारका हरेक महिला कुनै न कुनै रुपमा हिंसामा परेकै हुन्छन्’-मनिषा कोइराला (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली मुलकी चेली भएर भारतीय सिनेमा उद्योगमा एकछत्र राज गर्न सफल अभिनेत्री हुन् मनिषा कोइराला । पछिल्लो समय कालापानी, लिम्पियाधुरा विवादमा आफ्नो विचार राखेपछि थुप्रै नेपालीहरुबाट साथ समर्थन पाएकी उनी त्यस यता विभिन्न कार्यक्रमहरुमा देखिदै आएकी छिन् ।

यस्तैमा आज पनि उनले काठमाडौंमा आयोजित महिला हिंसा सम्बन्धि एक कार्यक्रममा आफ्ना बिचारहरु राखेकी छिन् । रुपन्देहीमा ५ वर्षकी बालिका बलात्कृत भएको खबरले आफूलाई निकै दुखी बनाएको भन्दै उनले संसारका हरेक महिला शारीरिकरुपमा मात्र नभई, मानसिक, सामाजिक वा कुनै न कुनै रुपमा हिंसामा परेकै हुन्छिन् भनि आफ्नो अभिव्यक्ति पोखेकी छिन् ।

यस्तै अभिनेत्री रेखा थापाले पनि आफ्ना गहकिला शब्दहरुले महिलाहरुप्रति नेपाली समाजको निच सोचप्रति व्यङ्ग्य गरेकी छिन् । उनले छोरीचेलीलाई संस्कारी हुनुपर्छ भनि बच्चैबाट सिकाईने भएकोले नै उनीहरुले आफ्नो प्रतिरक्षा गर्न नसकेको र हरेक दिन बलात्कारका घटना हुने गरेको भनि छोरीलाई संस्कारी बनाउन छोडेर आफ्नो लागि लड्न सिकाऔँ भन्दै आक्रोश पोखेकी हुन् ।

Logo