सर्ट फिल्म ‘अटुट प्रेम’ युट्युबमार्फत सार्वजनिक गरिएको छ। अनन्तप्रसाद तिमिल्सिनाले यसको निर्देशन गरेका हुन् ।
पानस मिडियाबाट शुक्रबार रिलिज गरिएको उक्त सर्ट फिल्ममा निर्देशक तिमिल्सिना, महेश खड्का र समिया कार्कीको मुख्य भूमिका रहेको छ।
सर्ट फिल्मले विशेषगरी दाजुभाईबीचको आत्मिक सम्बन्धलाई देखाउने कोशिश गरेको छ।
परिवारमा आपसी सद्भाव र सम्मान नहुँदा सिंगो परिवार कस्तो अवस्थामा पुग्छ भन्ने विषयलाई निर्देशक सटै फिल्मले देखाउन खोजेको छ। त्यस्तै बेरोजगारीलाई पनि केही हदसम्म दर्शाउने प्रयास गरिएको छ।
तारा थापा किम्भेले सम्पादन गरेका उक्त फिल्मको लेखन अनन्त तिमिल्सिनाले नै गरेका हुन् भने खुशी तिमिल्सिना र अरोज तिमिल्सिनाले यसको निर्माण गरेका हुन्। भिडियो:































प्रतिक्रिया