आज ४७ औं जन्मदिन मनाउँदै बलिउड अभिनेत्री काजोल

आज ४७ औं जन्मदिन मनाउँदै बलिउड अभिनेत्री काजोल

केन्द्रबिन्दु
0
Shares

बलिउड चर्चित अभिनेत्री काजोलले आज अर्थात् अगस्ट ५ मा आफ्नो ४७ औं जन्मदिन मनाइरहेकी छिन्। यस विशेष अवसरमा उनका प्रशंसक, साथीभाई, इष्टमित्र तथा परिवारका सदस्यहरुले काजोललाई सोशल मिडियामार्फत शुभकामना दिइरहेका छन्। 

यसैबीच काजोलका पति अभिनेता अजय देवगनले पनि एउटा विशेष फोटो सार्वजनिक गर्दै उनलाई जन्मदिनको शुभकामना दिएका छन्।

अनय देवगनले श्रीमती काजोलका लागि लेखेका छन् ‘मेरो मुहारमा सबैभन्दा लामो समयसम्म मुस्कान राख्न तिमी सफल भयौ। जन्मदिनको शुभकामना प्यारी काजोल। तिमी जसरी विशेष छौ, हामी तिम्रो जन्मदिनलाई पनि सकेसम्म विशेष बनाउने कोशिस गर्नेछौं।’

काजोल र अजय २२ वर्षअघि विवाह बन्धनमा बाँधिएका थिए। दुबैको जोडी बलिउडको सबैभन्दा राम्रो जोडीमध्ये एक मानिन्छ। 

Logo