‘पूजा काेठामा महको तस्बिर राख्छु, उहाँहरु मेरो लागि बोल्ने भगवान हुनुहुन्छ’: प्रदीप भट्टराई

‘पूजा काेठामा महको तस्बिर राख्छु, उहाँहरु मेरो लागि बोल्ने भगवान हुनुहुन्छ’: प्रदीप भट्टराई

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समय निर्देशनमा प्रदीप भट्टराई खोजिने पहिलो नाम बनिसकेका छन्। मह संचारमा काम गरेको डेढ दशकको अनुभव संगालेर ‘जात्रा’मार्फत फिचर फिल्ममा डेब्यु गरेका प्रदीपले सफलतामा ह्याट्रिक गरेका छन्।

जात्रामार्फत आफ्नो क्षमतालाई प्रदर्शन गरेका प्रदीपले दोस्रो फिल्म शत्रु गतेमा आफूलाई बक्स अफिसमा प्रमाणित गरे। यिनै प्रदीप निर्देशित तेस्रो फिल्म ‘जात्रै जात्रा’ले समीक्षक र दर्शकबाट ‘उत्कृष्ट’ फिल्म भन्ने प्रतिक्रियाका पायो। यिनले निर्देशन गरेको तीनै फिल्मले नेपालका हलहरूमा ५१ दिनको यात्रा तय गर्न सफल भएको थियो। 

पछिल्लो समय उनीसँग काम गर्न नचाहने निर्माता तथा कलाकार कमै होलान्। मह संचारकै शत्रु गते पनि निर्देशन गरेका प्रदीपले एक अन्तर्वार्ताको क्रममा महलाई बोल्ने भगवानको संज्ञा दिएका छन्। महका म अर्थात् मदनकृष्ण श्रेष्ठ र ह अर्थात हरिवंश आचार्यबाट निर्देशनका विभिन्न तथ्यलाई बुझेका प्रदीपले आफ्नो पहिचानको कारण नै उनीहरू नै रहेको बताए।

‘म जे छु, महकै कारण छु’, उनले भने, ‘मह मेरो स्कुल मात्र होइन , मेरो सबथोक हो।’ सर्लाहीको हरिवनबाट काठमाडौं आइपुगेका प्रदीपले सुरुवाती दिनमा महमा सामान्य काम गर्थे। तर , लगनशीलता, मेहनत र क्षमता देखेर उनलाई मह जोडीले मुख्य सहायक निर्देशक बनाए। साथै, उनले महका केही सिरियल निर्देशन पनि गरेका छन्। ‘मैले आफ्नो घर बनाएको दिन पूजा कोठामा महको तस्बीर हुन्छ’,  निर्देशक भट्टराई भन्छन्, ‘उहाँहरु मेरो लागि बोल्ने भगवान हुनुहुन्छ।’न्युज कारखाना 

Skip This
Skip This
Logo