बलिउडको हिट थ्रिलर फिल्म ‘रेस’ को चौथो सिरिज बन्ने भएको छ। रमेश तौरानीको निर्माणमा तयार भइरहेको रेस सिरिजको पहिलो र दोस्रो भागलाई अब्बास मस्तानले निर्देशन गरेका थिए। जसलाई दर्शकहरूले पनि रुचाएका थिए।
यसको तेस्रो सिरिजलाई भने रेमो डिसुजाले निर्देशन गरेका थिए, जसमा सलमान खानको इन्ट्री भएको थियो। यसलाई पहिलो र दोस्रो भागको तुलनामा दर्शकले रुचाएनन्।
यतिबेला टिप्स कम्पनीका मालिक रमेश चौथो सिरिजको तयारीमा छन्। फिल्मलाई अघिल्लो तीनै सिरिजको लेखन गरेका शिराज अहमदले लेखिरहेका छन्।
यसपटक फिल्मलाई रमेश आफैंले निर्देशन गर्ने तयारीसमेत थालेका छन्। फिल्ममा तेस्रो भागमार्फत सदस्य बनेका सलमान खान, पहिलो र दोस्रो भागका सदस्य सैफअलि खान र सुनिल शेट्टीलाई अभिनय गराउने तयारी निर्माण पक्षको छ। यद्यपि यस विषयमा आधिकारिक जानकारी निर्माण पक्षले दिएकाे छैन।
रेसको तेस्रो शृंखलाबाट बाहिरिदा सैफ निर्माण पक्षसँग रिसाएका छन्। किनकि अघिल्ला दुई शृंखलाले एकपछि एक गर्दै दर्शकको मन जितिरहेको थियो। फिल्ममा देखिने सस्पेन्स र थ्रिललाई दर्शकले रुचाउने गरेका छन्। दर्शकले बलिउडको हिट फ़ेन्चाइजहरूको चौथो सिरिजको प्रतीक्षा गरिरहेको सोसल मिडियामा उल्लेख गर्ने गरेका छन्। प्रतिक्षित फिल्महरूमा क्रिस ४, धूम ४ पनि पर्छन्।न्युज कारखाना































प्रतिक्रिया