बलिउडमा डेब्यु गर्दै डेनी डेङजोपाका छोरा ‘रिनजिङ’

बलिउडमा डेब्यु गर्दै डेनी डेङजोपाका छोरा ‘रिनजिङ’

केन्द्रबिन्दु
0
Shares

नेपाली मूलका भारतीय अभिनेता डेनी डेङजोपाका छोरा रिनजिङ डेङजोपा बलिउडमा डेब्यु गर्ने भएका छन्। उनको डेब्यु फिल्म ‘स्क्वाड’ ओटिटी प्लेटफर्म जी फाइभमा कात्तिक २६ गते रिलिज हुने भएको छ। 

फिल्ममा रिनजिङलाई एक्सन अवतारमा दर्शकले देख्न पाउने छन्। बलिउड फिल्मसँगै नेपाली फिल्ममा समेत अभिनय गरेका डेनी छोराको डेब्युबाट उत्साहित छन्। 

उनले भारतीय मिडियालाई संक्षिप्त प्रतिक्रिया दिँदै छोरा अभिनयमा आएकोमा खुसी व्यक्त गरे। 'मेरो इच्छा थियो, छोरा अभिनयमा ओस भन्ने। उनी आफैँमा लगाव बढेर अभिनयमा आएको हुन् । उनलाई शुभकामना छ', डेनीले भने। राष्ट्रभक्तिको विषय समेटिएको फिल्ममा रिनजिङ र मालविका राज, पूजा बत्रालगायतको अभिनय रहेको छ। 

निलेश सहायको निर्देशन रहेको फिल्म एक्सन विधामा रहेर तयार गरिएको छ। फिल्मको एक्सनका लागि विदेशी फिल्म ‘म्याड म्याक्स फुरी’का स्टन्ट कोअर्डिनेटर कायर बेकले स्टन्ट डिजाइन गरेका हुन्। निर्देशक निलेशले ‘स्क्वाड’ भारतको एक्सन फिल्ममा कोसेढुंगा हुने पनि दाबी गरेका छन्।  

Skip This
Skip This
Logo