‘आरआरआर‘ साउथ फिल्मको प्रदर्शन मिति अनिश्चितकालका लागि स्थगित

‘आरआरआर‘ साउथ फिल्मको प्रदर्शन मिति अनिश्चितकालका लागि स्थगित


साउथको बहुप्रतिक्षित चलचित्र ‘आरआरआर’को प्रदर्शन स्थगित भएको छ । फिल्म २० डिसेम्बरमा रिलिज हुने तय भएको थियो । तर, भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि फिल्मको रिलिज मिति सारिएको छ ।

फिल्म निर्माता, डि.भि.भि. इन्टरटेनमेन्टको आधिकारिक ट्विटर ह्यान्डलले एउटा नोट ट्विट गरेको छ, जसमा भनिएको छ, “हाम्रो अथक प्रयासको बाबजुद पनि केही परिस्थितिहरू हाम्रो नियन्त्रणभन्दा बाहिर छन्। धेरै भारतीय राज्यहरूले थिएटरहरू बन्द गर्दै छन्, हामीसँग तपाईंलाई तपाईंको उत्साहलाई समात्न आग्रह गर्नुको विकल्प छैन।” नोटमा, निर्माताहरूले सही समयमा ‘भारतीय सिनेमाको महिमा’ फिर्ता ल्याउने वाचा गरे।

निर्माण टिमले फिल्मको प्रमोशनका लागि धेरै पैसा खर्च गरिसकेको छ । युएस प्रिमियरका लागि पनि चलचित्रले १० लाखभन्दा बढी टिकट बिक्री गरेको थियो । नेपाली वितरकले पनि चलचित्रको अधिकारका लागि धेरै पैसा खर्च गरेका छन् ।

यो फिल्म एक काल्पनिक कथा हो जसले २० औं शताब्दीको प्रारम्भमा दुई स्वतन्त्रता सेनानीहरू–अल्लुरी सिताराम राजु (चरण) र कुमराम भीम (एनटीआर जूनियर)को जीवनलाई वर्णन गर्दछ।

Logo