यी पाँच फिल्म, जसले सुशान्तसिंहलाई सम्झाउँछन्

यी पाँच फिल्म, जसले सुशान्तसिंहलाई सम्झाउँछन्


दुई वर्षअघि ३४ वर्षको उमेरमा निकै प्रतिभाशाली अभिनेता सुशान्त सिंह राजपुतको निधनले सबैलाई स्तब्ध बनाएको थियो । कोही उनको फ्यान होस् या नहोस्, सुशान्तको मृत्युको खबरले सबै छक्क परे । उनको मंगलबार अर्थात आजकै दिन निधन भएको दुई वर्ष पुगेको छ । 

३४ वर्षीय सुशान्त मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा फेला परेका थिए । सुरुमा उनले आत्महत्या गरेको भनिएको थियो तर पछि घटनाले अर्कै मोड लियो । उनको मृत्यु झन रहस्यमय बन्दै गयो । मुम्बई प्रहरी, बिहार प्रहरी, केन्द्रिय अन्वेषण ब्यूरो, नार्कोटिक्स कन्ट्रोल ब्यूरो विभिन्न निकायले सुशान्तको मृत्युको जाँच गरे तर, पनि आजसम्म हत्या वा आत्महत्या के थियो भयो भनेर पत्ता लगाउन सकेका छैनन् ।

सुशान्तले अचानक संसार छाडेपछि परिवारदेखि उनका विशेष साथी र फ्यानसम्म सबैका आँखा रसाएका थिए । उनको मृत्युले सिंगो बलिउड उद्योगलाई हल्लायो । टिभी सिरियल पवित्र रिश्ताबाट आफ्नो अभिनय करियर सुरु गरेका सुशान्तले सो चलचित्रमा मानवको चरित्र निर्वाह गर्थे, जुन त्यो समय सबैको घर–घरमा चिनिन्थे । त्यसपछि उनी धेरै फिल्ममा देखा परे र ती मध्ये केही फिल्म यस्ता छन् जसले सुशान्तलाई अभिनेताको रूपमा अझ बढाएर सदाका लागि अमर बनाए । आज हामी सुशान्तका केही यस्ता चलचित्रको बारेमा कुरा गर्नेछौँ ।

काई पो चे !


‘पवित्र रिश्ता’ पछि जब फिल्ममा प्रवेश गर्ने पालो आयो, उनले फिल्म ‘काई पो चे’ बाट डेब्यु गरे । यो फिल्म सन् २०१३ मा आएको थियो । जसमा सुशान्तसँगै राजकुमार राव र अमित साध पनि मुख्य भूमिकामा थिए । चलचित्रको कथा तीन युवा केटाहरुको वरिपरि घुमेको छ । जो आफ्नो जोशलाई तनमनले पछ्याउँछन्, तर दुर्घटनापछि उनीहरुको जीवन परिवर्तन हुन्छ ।

एमएस धोनी – अनटोल्ड स्टोरी


‘एमएस धोनी’ सुशान्तको यादगार फिल्म मध्ये एक हो । जुन भारतीय क्रिकेटर एमएस धोनीको बायोपिक हो। यो ३० सेप्टेम्बर २०१६ मा जारी भएको थियो। यो फिल्मले सुशान्तको करियरलाई नयाँ उचाइ दिएको छ। फिल्मले कमाईको हिसाबले पनि राम्रो व्यापार गरेको थियो ।

सोनचिडिया


सोनचिडिया एक थ्रिलर फिल्म हो । जुन चम्बल जिल्लाका डाँकुहरुको जीवनमा आधारित छ । यसमा सुशान्तसँगै मनोज बाजपेयी, रणवीर शौरी र भूमि पेडनेकरको उत्कृष्ट कलाकार रहेको छ। फिल्मले समीक्षकहरूबाट प्रशंसा पायो तर बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेन ।

छिछोरे


सन् २०१९ मा आएको ‘छिछोरे’ सुशान्तको निकै विशेष फिल्म हो, किनभने यो उनको मृत्यु हुनुभन्दा केही महिनाअघि मात्रै रिलिज भएको थियो । छिछोरेले सर्वोत्कृष्ट हिन्दी चलचित्रको राष्ट्रिय अवार्ड पनि जितेको थियो ।

केदारनाथ


अभिनेत्री सारा अली खानले सुशान्तसँग केदारनाथबाट डेब्यु गरेकी थिइन् । जुन ७ डिसेम्बर २०१३ मा रिलीज भएको थियो । फिल्मको कथा सन् २०१३ को उत्तराखण्ड बाढीमा आधारित थियो। केदारनाथमा सुशान्त मुस्लिम पिथुको भूमिकामा देखिएका थिए। जसले दर्शनार्थीलाई केदारनाथ मन्दिरमा लैजान्थे।

Logo