चिरञ्जीवीको फिल्म ‘गडफादर’ को फस्ट लुक सार्वजनिक

चिरञ्जीवीको फिल्म ‘गडफादर’ को फस्ट लुक सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार चिरञ्जीवीको फिल्म ‘गडफादर’ को फस्ट लुक सार्वजनिक भएको छ । 

यो फिल्म निमार्ण गर्ने घोषणा भएदेखि नै निकै चर्चामा आएको थियो । फस्ट लुकसँगै फिल्म निर्माण पक्षले फिल्मको टिजर पनि सार्वजनिक गरेको छ । फिल्मको टिजरमा एउटा कार मानिसहरुको बीचबाट जान्छ । कारको ढोका खुल्छ र चिरञ्जीवी तल झरेको देखिन्छ ।

उनले कालो कुर्ता-पाजामा लगाएका छन् भने कालो चस्मा पनि लगाएका छन् । उनको यो लुकलाई फ्यानहरुले निकै रुचाइरहेका छन् । फिल्म ‘गडफादर’को कुरा गर्दा चिरञ्जीवीसँग मूख्य भुमिकामा नयन तारा पनि छिन् । योसँगै सलमान खान गडपलादर फिल्ममा केमियो (पाहुनाको) रोलमा देखिनेछन् । मोहन राजाको निर्देशनमा बनेको यो फिल्म सन् २०२२ को दँशैमा रिलिज हुँदैछ ।
 

Logo