गुगल सर्च २०२२ मा एसियाबाट को-को खोजिए ?

गुगल सर्च २०२२ मा एसियाबाट को-को खोजिए ?

केन्द्रबिन्दु
0
Shares

वर्ष २०२२ को मध्यमा आइपुग्दा गुगलले एसियामा सबैभन्दा बढि खोजिने मानिसहरुको लिस्ट निकालेको छ । लिस्टमा भारतीय फिल्म जगतका निकै प्रसिद्ध अभिनेता र अभिनेत्री देखि लिएर हाल विश्वकै सबैभन्दा प्रसिद्ध ब्यान्ड बिटीएसका धेरै सदस्यहरु परेका छन् । 
१   भी अर्थात किम ताए ह्यूङ : वर्ल्ड वाइड मिड इयर २०२२ को पहिलो नंबरमा दक्षिण कोरियाली म्युजिक ब्यान्ड बिटीएसका सदस्य किम ताए ह्यूङ परेका छन् । २६ वर्षिय उनी गीत गाउने, नाच्ने र आफै गीत रच्ने काम गर्छन । 

२. जंगकूक : वर्ल्ड वाइड मिड इयर २०२२ को दोस्रो नंबरमा पनि बिटीएसकै अर्का सदस्य जंगकूक परेका छन् । २४ वर्षिय उनी पनि गीत गाउने, लेख्ने र गाउने गर्छन । उनी बिटीएस ब्यान्डको सबैभन्दा कान्छा कलाकार हुन् ।     

३. सिद्धु मूसेवाला : पन्जाबका प्रसिद्ध गायक मूसेवाला यो समुहको तेस्रो स्थानमा परेका छन । उनको हत्या सन् २०२२ को २९ मेमा भएको थियो । भारतीय सिने उद्योग र पंजावी म्युजिक क्षेत्रमा उनको पकड निकै राम्रो थियो । उनको पहिलो एल्बमको नाम लाईसेन्स थियो । उनको हत्या पछि हाल बलिउडमा धेरै सेलिब्रिटिहरुलाई ज्यान मार्ने धम्की आइरहेको छ । 

४. पार्क जिमिन : यो समुहको चौथो स्थानमा बिटिएसकै तेस्रो सदस्य पार्क जिमिन परेका छन् । २६ वर्षिय पार्क सन् २०१३ मा बिटीएसको सदस्यता लिएका थिए । उनी पनि आफ्नो समुहमा गीत गाउने र नाच्ने काम गर्छन ।

५. लता मंगेशकर : भारतीय गीत संगीत क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएकी कलाकार लता मंगेशकर यो समुहको पाँच औं स्थानमा परेकी छन ।
 उनको हालै ६ फरवरीका दिन ९२ वर्षको उमेरमा निधन भएको थियो । उनको निधन कोरोना लागेको कारण भएको थियो । 

६. लिजा : थाइल्यान्डकी प्रसिद्ध गायिका लिजा यो समुहकी छैटौं स्थानमा परेकी छिन् । उनको पुरा नाम ललिसा मैनोबल हो । २५ वर्षिय उनी प्रसिद्ध ब्यान्ड ब्ल्याक पिंक र वाइजीकी सदस्य हुन । उनी थाइ गीत गाउने र नाच्ने दुबै काम गर्छिन ।    

७. कैटरीना कैफ : बलिउडकी प्रसिद्ध नायिका कैटरीना कैफ यो समुहको सात औं स्थानमा परेकी छिन । कैटरीना बलिउड फिल्मी नगरमा आफ्नो छुट्टै स्थान बनाउन सफल एक ब्रिटिस अभिनेत्री हुन । ३८ वर्षकी अभिनेत्री कैटरीना ९ डिसेम्बर २०२१ मा बिक्कि कौसलसँग बिवाह बन्धनमा बाधिएकी थिइन् । 

८. आलिया भट्ट : बलिउडकी अर्की चर्चित अभिनेत्री आलिया भट्ट यो लिस्टको आँठ औं स्थान बनाउन सफल भईन । उनले यहि वर्षको १४ अप्रिलमा रणबीर कपुरसँग बिवाह र हालै प्रेग्नेन्ट भएकी थिईन । उनी रणबीरसँग सन् २०१८ देखि प्रेम सम्बन्धमा थिईन । सन् २०१७ मा फोर्व्स अन्डर ३० को लिस्टमा परेकी थिईन । 

९. प्रियंका चोपडा : ग्लोबल स्टार बनिसकेकी प्रियंका यो लिस्टको नौ औं स्थानमा छिन । उनी जुन ठाँउमा जान्छिन त्यहि ठाँउमा आफ्नो छाप छोड्छिन । ३९ वर्षिय चोपडा बलिउड फिल्म सबैभन्दा बढि पैसामा फिल्म खेल्ने अभिनेत्री मध्ये एक हुन । उनी बलिउड फिल्ममा खेल्नका साथै फिल्ममा लगानी गर्ने, मोडलिङ गर्ने र गीत गाउने गर्छिन ।  

१०. यो लिस्टको दश औं स्थानमा पर्न सफल एक मात्र खेलाडी बिराट कोहली हुन् । उनी भारतीय क्रिकेटको पूर्व क्याप्टेन पनि हुन् । ३३ वर्षिय क्रिकेट खेलाडी बिराट आइपियल टिम रोयल च्यालेन्जर बेङलोरका क्याप्टेन हुन । उनले सन् २०१७ को डिसेम्बर ११ मा बलिउड अभिनेत्री अनुस्का शर्मासँग बिवाह गरेका थिए ।   

Logo